आज विश्व जनसङ्ख्या दिवस हो। संसारले यस दिवसलाई आत्मसात गर्दै आआफ्ना देशका जनसङ्ख्या तथ्याङ्क स्मरण गर्ने गर्छ। किनभने जनसङ्ख्याको तथ्याङ्क आधारमा नै देशको नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरिन्छन्।
सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस मनाउन थालिएको हो। यो दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारीखका दिन मनाउने मनाउने गरिन्छन् । खासमा बुझ्नुपर्ने कुरा के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो । यतिबेला संसारको जनसङ्ख्या आठ अर्ब पुगेको छ।
विश्व जनसङ्ख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या प्रतिवेदन अनुसार पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसङ्ख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको छ । संयुक्त राष्ट्र सङ्घले संसारको जनसङ्ख्या आठ अर्ब पुगेको घोषणा गरिएको छ ।
कुनै पनि मुलुकका लागि जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती ? प्रश्न उब्जिनु स्वभाविक पनि हो। त्यसैले यस विषयमा धेरै जसो देशमा विवाद सुरु हुन थालेको छ।
बि.सं. २०५६ सालमा तत्कालीन श्री ५ को सरकारले जनसङ्ख्या नियन्त्रणमा जोड दिएको थियो। जसबारे विद्यालयको पाठ्यक्रमा ‘जनसङ्ख्या वृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने’पढाउने गरेको थियो। तर सधैँ जनसङ्ख्या वृद्धि नकारात्मक पनि हुँदैन, अहिले विश्वका विकसित भन्दा विकसित मुलुकहरूमा आफ्नो खस्कँदो जनसङ्ख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरू बच्चा जन्माउन भन्दा पनि काम, विकास र नव प्रवर्तनमा केन्द्रित भएर यसो भएको आकलन गर्न सकिन्छ ।जनसङ्ख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयुक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा भएपनि विकास एवं समृद्धि कालागि चाहिने जनशक्तिको आवश्यकताअपरिहार्य हो। एउटा सन्तुलित जनसङ्ख्या वेगैर कुनै पनि देशको सुरक्षा, विकास दिगो भविष्यको कल्पना गर्न सकिन्छ? जसरी कि
विश्वको जनसङ्ख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले केही दशकअघि बढ्दो जनसङ्ख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेको थियो। तर पछिल्लो समय जनसङ्ख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुई सन्तान जन्माउन नीति ल्याएर दुई सन्तान जन्माउन जनतालाई आह्वान गरेको छ । यसै प्रकारले संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारिवारिक समय निकाल्न तथा बढ्दो वृद्ध(वृद्धाहरूको जनसङ्ख्यासँग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात् बच्चा जन्माउन प्रेरित गर्न थालिएको देखिन्छ।
हाम्रो नेपालमा पनि तीव्र गतिले जनसङ्ख्या वृद्धि भइरहेको छ। खासगरी पहाडबाट बसाई सराई गरी तराई मधेशमा मधेशमा बसोबास गर्नाले यहाँका जनघनत्व तीव्र भएको पाइन्छ।
कुनै बेला तराईको उर्वर भूमिमा धानको बाली लगायत अन्य बालीहरू प्रशस्त उब्जिने गरिन्थ्यो। सायद त्यसैले नेपाललाई कृषि प्रधान देश भनिएको होला! तर जनसङ्ख्याको वृद्धिसँगै नेपाल सरकारले विकास पनि गर्नुपर्थ्यो, त्यसो हुन सकेन। खासमा जनस्रोतलाई राम्ररी प्रयोग गर्न सके विकास पर छैन तर दुर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानै पर्ने बाध्यता सिर्जना गर्ने सरकारको हो । मुलुकमा उत्पादनमुखी उद्योग, कलकारखानाहरू विगतका विभिन्न राजनीतिक गतिविधिका कारण बन्द हुनु कारक तत्त्व हो। देश विकासमा उद्योगी तथा व्यवसायीहरूसँग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुमा यस अघिसम्म रहेको अस्थायी सरकारहरूको दोष भएको दुईमत नहोला । देशका शीर्ष नेताहरूका कारण व्यवसायीहरू पनि उत्पादनतर्फ ढुक्क हुन सकेका छैन जसकाकारण आयातमुखी कारोबार फस्टाउँदै गएको विदितै छ । अत: जनसङ्ख्याको वृद्धिसँगै देशमा विविध कल कारखानाहरूको स्थापना गरी रोजगारीको विकास तर्फ सरकारले ध्यान दिनुपर्छ।कुनै बेला तराईको उर्वर भूमिमा धानको बाली लगायत अन्य बालीहरू प्रशस्त उब्जिने गरिन्थ्यो। सायद त्यसैले नेपाललाई कृषि प्रधान देश भनिएको होला! तर जनसङ्ख्याको वृद्धिसँगै नेपाल सरकारले विकास पनि गर्नुपर्थ्यो, त्यसो हुन सकेन। खासमा जनस्रोतलाई राम्ररी प्रयोग गर्न सके विकास पर छैन तर दुर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानै पर्ने बाध्यता सिर्जना गर्ने सरकारको हो । मुलुकमा उत्पादनमुखी उद्योग, कलकारखानाहरू विगतका विभिन्न राजनीतिक गतिविधिका कारण बन्द हुनु कारक तत्त्व हो। देश विकासमा उद्योगी तथा व्यवसायीहरूसँग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुमा यस अघिसम्म रहेको अस्थायी सरकारहरूको दोष भएको दुईमत नहोला । देशका शीर्ष नेताहरूका कारण व्यवसायीहरू पनि उत्पादनतर्फ ढुक्क हुन सकेका छैन जसकाकारण आयातमुखी कारोबार फस्टाउँदै गएको विदितै छ । अत: जनसङ्ख्याको वृद्धिसँगै देशमा विविध कल कारखानाहरूको स्थापना गरी रोजगारीको विकास तर्फ सरकारले ध्यान दिनुपर्छ।