न्युज 1नेपाल
असार २७ गते, सप्तरी।
सप्तरीमा बिहीवार फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नपा वडा नं १ खोरिया टोल बस्ने सञ्जिव कट्वालका ४ बर्षिय छोरा समिर कट्वालको चेपिएर मृत्यु भएको हो।
विहिबार साँझतिर ससाना बालबालिकाहरूसँग खेलिरहेको क्रममा घरको आँगनमा रहेको फलामको गेट अचानक भूईंमा लड्दा सो गेटमुनी किचेर समिर गम्भीर घाईते भएका थिए।
गेटले किचेर सिकिस्त बालकलाई उपचारका लागि विराटनगर लाँदै गरेको क्रममा बाटोमै मृत्यु भएकोले फर्काएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
बालकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएका छन् ।