न्युज 1नेपाल
असार २७ गते,काठमाडौं – नेपालका चर्चित गायिका एलिना चौहानले तीज सम्बन्धी आफ्नै जीवनका अनुभव र पीडालाई समेट्दै नयाँ गीत सार्वजनिक गरेकी छन्।
तीजको अवसर पारेर ‘एक दिन त पछुताउँछ’ गीतको बोल राखेर उनले आफ्नो जीवनका घाउ पीडा र आत्मबललाई भावुक अभिव्यक्ति सहित गीत सार्वजनिक गरेकी हुन्।
आफ्नै जिन्दगीमा मेल खाने गीत एलिनाको गीतमा आफ्नो अतितका पीडाहरु पोखेकी छन्।
गीतमा गायिका एलिना चौहानलाई लोकप्रिय गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीकै रहेको छ ।
म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।https://www.youtube.com/watch?v=rFHhcTYm9Yo&authuser=0