असार २८ गते , राजबिराज।
सप्तरीको राजविराजमा संचालित सप्तरी प्राइड लिग अन्तर्गत आज तेश्रो दिनको पहिलो खेलमा तिरहुत टाइगर्स विजयी भएको छ । सनिवार राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुलको खेल मैदानमा सम्पन्न पहिलो खेलमा खडक वारियर्सलाई पराजित गर्दै लगातार तिरहुत टाइगर्सले दोश्रो जित हाँसिल गरेको हो ।
समुह ‘बि’ अन्तर्गतको खेलमा खडक वारियर्सले दिएको ६७ रनको लक्ष्य तिरहुत टाइगर्सले १३.३ ओभरमा ५ विकेट गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा टाइगर्सको लागि ओपनर अविनाश कर्णले सर्वाधिक २६ रन योगदान दिए जुन क्रममा १८ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यसैगरी राहुल मण्डलले अविजित २० रन बनाए जुन क्रममा २० बलमा ३ चौका प्रहार गरे।
यस अघि टस जितेर ब्याटिंग गरेको खडक वारियर्सले १५. ५ ओभरमा ६६ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि अनिल कुमार यादवले सर्वाधिक १५, सन्तोष कार्कीले ११ तथा फिर्दोश अन्सारीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।
टाइगर्सको बलिंगमा श्रवण यादव र अजय यादवले समान ३ विकेट लिए। श्रवणले ३. ५ ओभरमा मात्र ६ रन खर्चिए भने अजयले ४ ओभरमा १४ रन खर्चिए। यस्तै चित्र बहादुर बिष्टले २ तथा अनिल यादवले १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच श्रवण यादव घोषित भए। घाेेषित प्लेयर अफ दि म्याच लाई ईन्जिनियर ईन्द्र नारायण देवले कप,नगद २ हजार १ सयकाे चेेक प्रदान गरेका थिए।