• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि मतदाताको उमेर १८ वर्ष

img

न्युज 1नेपाल संवाददाता
असार २९ गते,रूपन्देही। रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ मा संवत् २०८२/०७/१७ गते हुने उपनिर्वाचनका लागि मिति २०८३/०३/२९मा आयोगबाट मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको छ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै २०८२/०३/२९ गतेमा हुने उपनिर्वाचनका लागि आयोगले मतदाताको उमेर १८ वर्ष पुग्ने मिति कट अफ डेट निर्धारण र मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरिएको हो।
आयोगले मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा २०८३/०७/१६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (Cut-off Date) निर्धारण गरेका छन्।

देशभरबाट सङ्‍कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने छ। अद्यावधिक कार्यक्रम अन्तर्गत सङ्‍कलित मतदाताको विवरण मिति २०८२/०४/१४ गते आयोगको वेबसाईटमा प्रकाशन गरिने छ भने मिति २०८२/०४/२५ देखि २०८२/०४/२२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटिसच्याउन निवेदन दिने र कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने संगै मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ। यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी मिति २०८३/०५/२५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरूको सहभागिता अपरिहार्य रहेकोले मिति १५ देखि २०८२/०४/२२ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिने व्यहोरा सरोकारवालाहरू सबैमा जानकारी गराइन्छ। सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालद्वारा १० सहितको विज्ञप्तिमा उल्लेख गरिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी