• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीका प्रहरीले लाखौं रुपैयाँको अवैध सरसामानहरू बरामद गरी भन्सारमा बुझाइयो

img

न्युज 1नेपाल संवाददाता
असार २९ गते, सप्तरी। सप्तरी प्रहरीले लाखौँ रुपैयाँ बराबरको भन्सार छली तथा चोरी पैठारी गरी समानहरू लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएकाे छ।
प्रहरीले अलगअलग समयमा भिन्नभिन्न सामानहरू तस्करहरुले प्रहरीलाई देखेर भागेपछि अलपत्र समानहरुलाई पक्राउ गरेको हो।

असार २५ गते अं. १६:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिल्ला सप्तरी बोदेबर्साईन नगरपालिका वडा नं. ०८ काचन देखी रामनगरकोदरकट्टी गाँउ तर्फ जाने बाटो सडक खण्ड स्थितमा नेपाल बाट भारत तर्फ अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी समानहरू लैजादै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देखी बोराहरु सोही स्थानमा छाडी मानिसहरु भागि फरार भएकोमा बेवारिसे अवस्थामा रहेका उक्त बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र (गोर्खा स्ट्रङ्ग बियर, ठूलो, सानो/कर्णाली गोल्ड/BRIX) को कार्टुन फेला परेको थियो । लगभग १२ हजार ९ सय ७० रुपैया बराबरको अबैध मदिरा प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

यस्तै २५ गते १६:३० बजेको समयमा गस्ती टोलीले सोही स्थानमा भारतबाट अवैध रूपमा भन्सार छली तथा चोरी पैठारी गरी सामानहरू ल्याइरहेको अवस्थामा प्रहरी टोलीलाई देखि ल्याउँदेको गरेको बोराहरु सोही स्थानमा छाडी मानिसहरु भागी फरार भएकोमा बेवारिसे अवस्थामा रहेका उक्त बोरिहरू खोली चेक जाँच गर्दा सो निम्न बोराहरु भित्र १ लाख ३६ हजार ८२५ रुपैयाँ बराबरको लेडिज कुर्ती/ सुरुवाल /चिन्नी/ मोबाइलको डिस्प्ले फेला परेको थियो।
प्रहरीले उक्त सामानहरू बरामद गरीआवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी गराए।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी