• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजविराजमा जारी यसपीएल क्रिकेट प्रतियोगितामा कञ्चनरूप राइनोज सेमिफाइनलमा

img

३१ असार ३१ गते, सप्तरी।
कन्चनरुप राइनोज सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्राइड लिग (एसपिएल) क्रिकेट प्रतियोगितामा कञ्चनरूप राइनोज सप्तरी सेमीफाइनलमा प्रवेश गरेको छ।
राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार सम्पन्न खेलमा जित्नै पर्ने खेलमा हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कन्चनरुप राइनोज सेमिफाइनलमा प्रवेश गरेको हो ।

कन्चनरुप राइनोजले पाएको ३८ रनको सामान्य लक्ष्य ८. ४ ओभरमा ६ विकेट गुमाएर भेटायो। राइनोजको लागि महानन्द यादवले सर्वाधिक १४ रन योगदान दिए जुन क्रममा १२ बलमा २ चौका र १ छक्का प्रहार गरे। राकेश कामतले ८ रन, रौनक सिंहले ६ रन तथा रिराज साहले ५ रनको योगदान दिए।
हिरोजको बलिंगमा सन्जन बैठाले सर्वाधिक ३ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन। २. ४ ओभरमा उनले २२ रन खर्चिए। गोमानन्द अमात्यले २ तथा सन्जिब मण्डलले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको हनुमाननगर हिरोजले १०. ३ ओभरमा ३७ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।
राइनोजका बलर सम्भु मण्डल र अभिमन्यु सरदारले समान ४ विकेट लिंदै हिरोजको इनिंग्स धरासायी बनाए।
प्लेयर अफ द म्याच घोषित मण्डलले ४ ओभरमा २२ रन खर्चिए भने सरदारले ३ ओभरमा ९ रन मात्र खर्चिए। यस्तै मुकेश सिंहले २ विकेटलिए।
उक्त अवसरमा सप्तरी प्रहरी प्रमुख गाैतम कुमार केसीले प्लेयर अफ दि म्याच शम्भु मण्डललाई कप तथा नगद २ हजार १ सयकाे पुरस्कार प्रदान गरे ।
यसैगरी गेमचेन्जर अभिमन्यु सरदारलाई समाजसेवी खेलानन्द दासले १ हजार ५ सय पुरस्कार प्रदान गरेका थिए।
जितसंगै समुह ‘ए’ अंकतालिकाको दोश्रो स्थानमा रहेर कन्चनरुप राइनोज सेमीफाइनल प्रवेश गरेको हो। उसले ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंक बनाउन सक्यो। ५ अंक सहित शिर्ष स्थानमा रहेर सेमीफाइनल प्रवेश गरेको राजविराज राजदेवी रोयलले ३ खेलमा २ जित र १ नतिजाविहिन खेल पछि ५ अंक बटुल्न सफल भएको थियो।
राइनोजले सेमीफाइनलमा बुधबार समुह ‘बि’ को विजेता तिरहुत टाइगर्ससंग प्रतिस्पर्धा गर्नेछ भने रोयलले समुह ‘बि’ को उपविजेताको सामना गर्नेछ।
मंगलबार हुने रोयल च्यालेन्जर्स बरही वीरपुर र खडक वारियर्स बीचको सप्तरी क्रिकेट सङ्घका सचिव चन्दन कुमार यादवको अनुसार दोश्रो खेलको विजेतासंग रोयलले प्रतिस्पर्धा गर्ने भएको छ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी