• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय शिक्षा समाचार

विदेशी विद्यार्थीहरू राजविराजमा ९ दिनसम्म मधेशका संस्कृति – रहनसहन, भेषभूषा अवलोकन गरे

img

असार३२ गते, सप्तरी।
मधेशको संस्कृति, रहनसहन, भाषा र सामाजिक जीवनलाई नजिकबाट बुझ्ने उद्देश्यसहितको कार्यक्रम तहत सप्तरीको राजविराज आगमन गरेका १६ जना विदेशी विद्यार्थीहरू आज ९औं दिन कार्यक्रम समापन गरेको छ। अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रम अन्तर्गतको सामुदायीक सेवा कार्य र विद्यालय गतिविधिको क्रममा उनीहरु मधेसको संस्कृतिलाई गहनतम रूपमा बुझ्दै कार्यक्रम समापन गरेका हुन्।
नेपाल युनाइटसको आयोजनामा यस कार्यक्रममार्फत ताइवानका १४ जना, मलेसिया र भियतनामका १-१ जना गरी कुल १६ जना विद्यार्थी मधेस अन्तर्गतका मैथिली संस्कृति अध्ययन गर्न र आफ्ना संस्कृति सभ्यता आदानप्रदान गर्न नेपाल आएका थिए । ती सबै विद्यार्थीहरू नेशनल चुँग सिंग युनिभर्सिटी), ताइवानमा अध्ययनरत छन् ।
विद्यार्थीहरू असार १८ गते राजविराज आइपुगेका थिए र असार २७ गतेसम्म राजविराज रहेर विविध सांस्कृतिक कार्यक्रम तहत राजदेवी मन्दिर परिसरमा सरसफाइ, राजदेवी विद्यालय परिसरमा सरसफाइ सहित विविध सामाजिक, सांस्कृतिक र शैक्षिक गतिविधिमा सक्रिय रूपमा सहभागी भएका थिए ।
अन्तर्राष्ट्रिय स्वयंसेवकहरूले सप्तरीको राजविराजस्थित श्री राजदेवी ठाकुरदेवी योगेन्द्र भगत माध्यमिक विद्यालयमा विद्यालय सेवा कार्यक्रम अन्तर्गत विद्यार्थीहरूसँग अन्तरक्रिया, खेलकुद, कला तथा शिक्षण विधिमार्फत सिर्जनात्मक शिक्षण सिकाई सञ्चालन गरेर उनीहरूले आफ्नो सिकाइ अनुभव बालबालिकालाई बुझ्ने भाषामा प्रस्तुत गर्दै बालमैत्री वातावरण निर्माण गरेका थिए ।
अन्तर्राष्ट्रिय स्वयंसेवकहरूले फरक तरिकाबाट शिक्षा दिन सक्ने क्षमता देखाएका छन् जसले नेपाली बालबालिकाको आत्मविश्वास, सृजनशीलता र सहभागितामा उल्लेखनीय वृद्धि गरेको राजदेवी माद्यमिक विद्यालयका प्राधानाध्यापक दिनेश प्रसाद यादवले बताए ।
विद्यार्थीहरूले राजदेवी मन्दिर परिसरमा सरसफाइ अभियानमा समेत सहभागी भएर समुदायसँग सहकार्य गर्ने संस्कृति प्रदर्शन गरेका थिए । साथै मन्दिर परिसर सफा गर्ने, सचेतना फैलाउने र वातावरणीय स्वास्थ्यप्रति जागरुकता अभिवृद्धिमा सहयोग गरे ।
विद्यार्थीहरू होटलमा नभई स्थानीय घर–परिवारसँग बसेर मधेशको जीवनशैली, संस्कृति, परम्परा, भेषभूषा, भाषा र सामाजिक संरचना, संस्कृति र परिवारसँग नजिकको प्रत्यक्ष अनुभव लिन सफल भएको अन्तर्राष्ट्रिय भोलेन्टियर सर्भिस कार्यक्रमका लिडर जोनिले बताए ।
यस्तो किसिमको अनुभवले उनीहरूलाई मधेशको विविधता बुझ्न र आत्मीय सम्बन्ध बनाउने अवसर दिएको समेत जानकारी दिए ।
नेपाल युनाइटसका राष्ट्रिय निर्देशक मोहम्मद आयतुल्ला रहमानका अनुसार, विद्यार्थीहरूले जुन उत्साह, लगन र सहकार्यका साथ यो कार्यक्रम सम्पन्न गरे, त्यसले अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध बलियो बनाउन सहयोग पुग्नुको साथै, मधेशको सकारात्मक पक्षको विश्वसामु परिचय दिन सफल भएको बताए । अन्तर्राष्ट्रिय स्वयंसेवकहरूले कार्यक्रमको अन्तिम दिन नेपाली साथीहरूसँग अनुभव आदानप्रदान गर्दै आफूले सिकेका कुरालाई जीवनभर सम्झन योग्य रहेको एक सहभागी अन्तर्राष्ट्रिय स्वयंसेवक भायोलाले बताए । उनले नेपालमा पाएको आतिथ्यता, आत्मीयता र सहकार्यको उच्च प्रशंसा समेत गरे ।
कार्यक्रमको सफल समापनसँगै, नेपाल युनाइटसले भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय युवा आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जानकारी गराएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी