साउन १ गते, सप्तरी । इलामको एक गाउँमा एक व्यक्तिले दाजुभाइमाथि धारिलो हतियार प्रहार गरेको छ ।
इलामको माइजोग माई गाउँपालिका वडा नं २ तारसिंह गाउँमा
हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको छ भने एक भाइ सिकिस्त घाइते भएका छन् ।
हतियार प्रहार गरी हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका वडा नं -१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका–१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाईं र उनको भाई प्रकाश चापागाईंलाई किरणले धारिलो हतियार प्रहार गरेका थिए ।
हतियार प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो ।
घाइते भएका निरोजलाई उपचारका लागि फिक्कल अस्थियो लग्दा त्यहाँ उपचार हुन नसक्दा थप उपचारको लागि झापातर्फ पठाइएको जानकारी प्राप्त भएको छ ।