साउन ०१ गते, सप्तरी । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटको एक मलमा भयावह आगलागी भएको छ।
आगलागिमा परि अहिलेसम्म ६० जनाको ज्यान गएको छ भने ११ जना अझै हराइरहेका छन् भने ४५ जनालाई उद्धार गरिसकेको छ।
शहरका एक स्वास्थ्य अधिकारीले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार ५९ शवको पहिचान भइसकेको छ, तर एउटा अत्यधिक जलेको कारण शवको पहिचान हुन सकेको छैन।
इराकको सरकारी समाचार संस्था आईएनएले त्यहाँका क्षेत्रीय गभर्नरलाई दिएको जानकारी अनुसार, भवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। यो मल पाँच दिन अघि मात्रै सञ्चालनमा आएको थियो। आगलागी नियन्त्रणमा आएपनि
हालसम्म आगलागीको वास्तविक कारण खुल्न सकेको छैन, तर गभर्नरले घटनाको अनुसन्धान सुरु भइसकेको र आगामी ४८ घण्टाभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ।
आगलागी पहिलो तल्लाबाट सुरु भई पूरै भवनमा फैलिएको थियो। एक प्रत्यक्षदर्शीका अनुसार आगलागी एक एयर कन्डिसनर विस्फोटबाटसुरु भएको थियो। घटनापछि सरकारले पूरा प्रदेशमा तीन दिनको शोक घोषणा गरिएको छ।
मलको पाँच तल्ले भवनबाट भीषण आगोको लप्का र धुवा बिच फायर फाइटरको टोली आगो निभाउदै मानिसहरूलाई उद्धार गर्न लागेपछी अहिलेसम्म ४५ जनालाई उद्धार गरिसकेको छ।
इराकको गृह मन्त्रालयका अनुसार सिभिल डिफेन्स टोलीले ४५ भन्दा बढी व्यक्तिलाई उद्धार गरेका छन्, तर अझै धेरै जना हराइरहेका छन्।
इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले गृह मन्त्रीलाई घटनास्थलमा पुगेर अनुसन्धान गर्न र भविष्यमा यस्ता घटना रोक्न आवश्यक उपाय अपनाउन निर्देशन दिएका छन्।
इराक लामो समयदेखि आन्तरिक द्वन्द्वबाट गुज्रिरहेको देश हो । यहाँ सुरक्षा मापदण्डहरूमा खास ध्यान दिइँदैन। यही कारण यस्ता दुर्घटनाहरू बारम्बार भइरहन्छन्।