सुनिता मगराती
सिरहा/ साउन ०१- अख्तियारले नियन्त्रणमा लिएका सिरहाकाे कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहलाई महाेत्तरीकाे बर्दिवासमा राखिएकाे छ । उनलाई अख्तियार दुरुपयाेग अनुसंधान आयोगको कार्यालयमा राखी अनुसंधान गरिरहेकाे कार्यालयले बिहिबार जनाएका छन् ।
नगर प्रमुख साहले साेही पालिकाकाे वडा नम्बर ६ स्थित नाला निर्माण याेजनाकाे कार्य सम्पन्न भई भुक्तानी गर्नेक्रममा सेवाग्राहीसंग बिचाेलिया मार्फत रिसवत लिएकाे भन्दै नगरपालिकाबाट अख्तियारकाे टाेलीले बुधबार नियन्त्रणमा लिएकाे थियाे । नगर प्रमुख साहले एक लाख रूपैयाँ रिसवत लिएकाे उजुरीकाे आधारमा अख्तियार दुरुपयाेग अनुसंधान आयोगका टाेलीले नियन्त्रणमा लिएकाे भन्ने बुधबार नै आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाण्डाैले प्रेस बिज्ञप्ती जारी गरेकाे छ ।
वडा नम्बर ६ स्थित भाेक्रहामा २० लाखकाे नाला निर्माण याेजना रहेकाे थियाे ।