सुनिता मगराती
श्रावण ५ गते सिरहा- धानवाली उब्जाहुने तराईकाे मुख्य उर्बरासिल जमिनमा २० प्रतिशत पनि खेती लगाईएकाे छैन । साउन महिनाकाे पहिलाे हप्तासम्म प्राय: धान राेपाई सकिन्थ्याे तर यस बर्ष साउनकाे पहिलाे हप्ता बित्नै लाग्दा लगभग ८० प्रतिशत खेतियाेग्य जमिन बाँझै पल्टिएकाे कृषि ज्ञान केन्द्रकाे भनाई छ ।
खास गरि ठुलाे सिंचाई याेजना नभएका सिरहा र सप्तरी जिल्ला त झनै खडेरीकाे मारमा परेका छन् । सिरहा र सप्तरीमा लगभग बरावरी प्रतिशत मात्र धान राेपाई भएकाे केन्द्रकाे आँकडामा देखिन्छ । यहाँ १५ प्रतिशत मात्र धान राेपाई भएकाे छ ।
धानखेती गर्ने मुख्य सिजन असारमा पानी नपरेपछि सिरहा र सप्तरीका किसानहरू चिन्तित बनेका छन् ।
सा -साना कृषि सिचाई, पम्पकाे सहाराले जमिन सिंचित गर्न रातदिन किसानहरू लागि परेका छन् । याे सुबिधा नभएका किसानहरू भने अकाशे पानीको पर्खाइमा रहेका छन् । सिचाईकाे भरपर्दाे ब्यबस्था नभएका कारण आज तराईमा मात्र नभई देशका अधिकांश भु-भागमा खेतियाेग्य जमिन बाँझाे पल्टिएकाे हाे सिरहा धनगढीका कृषि सराेकारवाला शम्भु चाैधरीकाे कथन छ । उनले भने स्यालेट्युववेल, पम्प माेटर चलाउनपनि बिधुत लाेडसेडिङ्गले हैरान छ किसानहरू! मिनेट मिनेटमा बिधुत लाेडसेडिङ्ग हुने गरेकाेले घर, सिंचाई, ब्यापार, लगायत अन्य धेरै क्षेत्रमा काम अबरुद्ध हुने गरेका छन् ।
समयमा मल पाउदैन, मल पाए जल पाइदैन यस्ताे अवस्थामा हामीहरूले बर्षाै खेप्दै आएका छाै स्थानिय किसानहरू भन्छन् हाम्रा यावत समस्या सरकारलाई थाहा हुँदाहुँदै पनि यता तर्फ सरकारले पूर्णरुपले ध्यान नदिदा याे समस्या दाेहाेरिरहेकाे हाे ।
परम्परागत धर्मशास्त्रका अनुसार भगवानलाई खुशी बनाउन विभिन्न खाले पुजापाठ,जाप, तपस्या लगायत बिविध क्रीयाकलाप गरे वर्षा हुने बिश्वास रहेकाे छ । यसै सन्दर्भमा अहिले सिरहाका महिलाहरूले परम्परागत जाप- हाेम ( जाट- जटीन)खेल्दै भगवान इन्द्रलाई प्रसन्न पार्न धार्मीक गीत–संगीत र नाच गान गर्दै आएका छन् ।
सिरहाको सुखीपुर नगरपालिका–८ स्थित कुम्हाले टोलमा महिलाहरू प्रत्येक रात जाट-जटिन नृत्य गर्दै वर्षा मागिरहेका छन् ।
तराईमा खडेरी पर्दा याे धार्मीक कार्य गर्दा वर्षा हुने भजन नृत्य, लाेकसस्कृती टाेली बिश्वस्त छन् । विशेषगरी मिथिला क्षेत्रका समुदायहरूमा प्रचलित जाट-जटिन नृत्य केवल मनोरञ्जनको साधन नभई सामाजिक, पारिवारिक एकताको संदेशकाे रूपमा पनि लिइने गरिन्छ ।
दुई समूहमा विभाजित महिलाहरूले एक पक्षबाट
जाटमा एक समूह महिला र जटीनमा अर्काे समूह महिलाबीच गीत मार्फत संवाद र बहस गर्छन् । अन्ततः उनीहरूले त्याे संवादबाटै भगवान ईन्द्रसँग पानीको माँग गर्ने परम्परा निभाउँछन् । संवाद ईन्द्र भगवानलाई खुशी पार्न गरिएकाे लाेक परम्परा हाे सुखीपुरकी उर्मिला पण्डितले बताइन् ।
यतिबेला सुखीपुरका महिलाहरू विभिन्न पहिरनमा सजिएर ईन्द्र भगवान खुसी पार्न परम्परागत शैलीमा नाच गान गर्दै आएका छन् ।