डम्बर राई
श्रावन ५ गते कञ्चनरूप- सप्तरीकाे कंचनपुर स्थित सव डिभिजन वन कार्यालयका कर्मचारीले अजिङ्गर पक्रेर काेशीटप्पु वन्यजन्तु आरक्षमा पुर्याएका छन् । साेमबार बेलुकी ६ बजेकाे समयमा कञ्चनरूप नगरपालिका १२ स्थित प्रगतिसिलटाेल निवासी बिमल संग्राैलाकाे गुहालीबाट पक्राउ गरेकाे सव डिभिजन वन कार्यालयका फरेष्टर रामशरण महत्ताेले जानकारी दिएकाे छ ।
फरेष्टर महत्ताेकाे अनुसार बसाेवास गर्दै आएको घरकै परिसरकाे गुहालीमा अजिङ्गर देखा परेपछि वन कार्यालयमा खबर गरे लगत्तै दुईजना घटनास्थल पुगेका थिए । फरेष्टर महत्ताेसंग जमदार डम्बर खत्री थिए ।
गुहालीकाे माथिल्लाे भागमा बसेकाे अवस्थामा खाेजतलास गरि अजिङ्गर समातेर बाेरामा हालेर वन्यजन्तु आरक्ष पुर्याइएकाे फरेष्टर महत्ताेले बताए । बाेरामा हाल्दैगर्दा फरेष्टर महत्ताेलाई अजिङ्गरले टाेकेकाे थियाे । हातकाे पञ्जामा टाेक्नेबितिक्कै रगत समेत आएको उनले जानकारी गराए । तर अजिङ्गरकाे बीस नलाग्नेमा उनी ढुक्क छन् ।