डम्मर राई
श्रावण ८ गते कञ्चनरूप- जङ्गली हात्तीकाे समूहले सप्तरीकाे कञ्चनरूप नगरपालिका १२ स्थित बस्तीपुरमा क्षति पुर्याएकाे छ । बुधबार राति स्थानिय गाैतम राईकाे घरमा चामल, पिठाे खाई फाली गरेकाे छ साथै भाडा, बर्तन ताेडफाेड गर्दै लत्ता कपडा च्यातचुत पारेकाे ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएकाे छ ।
यसैगरी प्रहरीकाे अनुसार साेही गाउँका छत्र नारायण श्रेष्ठकाे घरकाे झ्यालकाे पल्लाका सिसा फुटाएकाे छ । दुई दिनदेखि लगातार १५ वटा संख्यामाआएका हात्तीका समूहले मकै, धानकाे बीउ, बाँसकाे तामा लगायत खाई नष्ट गरेकाे स्थानियहरूकाे भनाई छ । 
बिगत लामाे समयदेखि बेला बेलामा आउने गरेका जङ्गली हात्तीले यहाँ स्थित गाउँघरमा बितण्डा मच्चाउने र अन्नबाली खाई नष्टगर्दै आएकाे घटना नेपाल सरकार समक्ष पुर्याई यसकाे नियन्त्रणका लागि माँग गर्दै आउदापनी समस्याप्रती कुनै पहल नभएको पिडितहरुको गुनासो छ ।
यता हात्तीकाे समूहले राती गाउँघरमा दिनहुँ बितण्डा मच्चाइ रहेकाे अवस्थामा बिधुत लाेडसेडिङ्ग भइरहँदा जीउ ज्यानमा समेत खतराकाे वातावरण सिर्जना भएकाे गाउटाेल सुधार समितिका अध्यक्ष बिन्द्र राईले गुनासाे गरे ।