• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते,

img

न्युज 1 नेपाल संवादाता

सप्तरी, २६ साउन – सप्तरीको बलानविहुल गाउँपालिका–६, शेहरा चौकस्थित हुलाकी सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बोदेबर्साईनबाट चन्हीतर्फ जाँदै गरेको नम्बर उल्लेख नभएको  ‘One Test’ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गया प्रसाद यादव (अन्दाजी वर्ष २६ , बलानविहुल–२, दिधिंया टोल) को दाहिने हातमा सामान्य चोट लागेको छ।

मोटरसाइकलको पछाडि सवार उनकी भाउजु शान्ति कुमारी यादव (अन्दाजी वर्ष ३० की श्याम प्रसाद यादवको श्रीमती) गम्भीर घाइते भई उपचारका क्रममा छिन्नमस्ता अस्पताल, राजविराजमा दिउँसो १:३० बजे मृत घोषणा गरिएको हो। दुर्घटनामा मृतकको ३ वर्षीय छोरा आदित्य यादव सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार, प्रारम्भिक उपचारका लागि एम्बुलेन्समा लैजाने क्रममा चालकले बच्चालाई बोकेर भागेको र हाल फरार रहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी मौवाहाको नियन्त्रणमा छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान टोली खटाई फरार चालकको खोजी कार्य जारी राखेको जनाएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी