• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय

सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा ३ तीनजनाको मृत्यु

img

न्युज 1 नेपाल सम्वादाता

सुनसरी,श्रावण २६ गते _सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस ठोक्किँदा ३ जनाको मृत्यु र १५ जना घाइते भएका छन्।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस सोमबार बिहान एकआपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरीका अनुसार मृतकमा दुई पुरुष र एक महिला रहेका छन्, पहिचान खुल्न बाँकी छ। घाइतेहरू इनरुवा, विराटनगर न्युरो र नोबेल अस्पतालमा उपचाररत छन्। बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

 

 

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी