• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अटो टेम्पो, सिटी ई-रिक्सा चालकले सवारी अनुमति पत्र लिनु अनिवार्य: प्र.ना.उ. काफ्ले

img

भूपदेव माली
भदौ ४ , सप्तरी। अटो टेम्पो, सिटी इ-रिक्सा चालकले सवारी अनुमतिपत्र एवं बीमा गर्नु अनिवार्य भएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी  नपा वडा नं १ भारदह
स्थित शाह पार्टी प्यालेसमा नेपाल यातायात अटो टेम्पो सिटी इरिक्सा संघ द्वारा आयोजित व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो।


उनले बिना सवारी चालक अनुमतिपत्रको अटो टेम्पो वा इसिटी रिक्सा चलाएमा कुनै दुर्घटनामा परि मान्छेको मृत्यु भएमा ज्यान मुद्दाभन्दा पनि दुई वर्ष अझ थप कैद गरिने मात्र नभई एउटा गल्तीका कारण परिवारले समेत दुःख झेल्ने स्थिति हुन सक्ने भएकोले अनुमतिपत्र लिनु अनिवार्य भएको बताउँदै आफ्नो जीविका चलाउन र संरक्षण गर्नका लागि पनि यात्रुबीमा एवं आफ्नो बीमा गराउनुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाली यातायात कार्यालयका प्रमुख कामेश्वर रोहिताले ‘सिटी रिक्सा चालकका लागि अनुमतिपत्र सहजताका लागि हामीले छुट्टै एउटा टिम बनाएका छौं, एकदम सहज ढंगले अनुमति पत्र बनाइदिने नीति निर्माण गरेको बताउनुभयो।’ उनले ‘  कानुनले अनुमतिपत्र प्राप्त गर्नका लागि ५०० लिखित प्रश्नहरु राखिने भएतापनि इसिटी रिक्सा चालकका लागि लिखित प्रश्न नै नसोधी चालक अनुमतिपत्र दिने विधेयक पारित भए पनि यतिबेला कानुन बन्न नसकेकोले हामीले मात्र २५ वटा प्रश्न राखिने र सोमध्ये १५ वटा प्रश्नको उत्तर मात्र पाएमा पनि अनुमति पत्र प्रदान गर्ने र परीक्षण (ट्रायल )मा पनि सहजता प्रदान गर्दै चालक अनुमतिपत्र प्रदान गर्ने इ-सिटी रिक्सा चालकका लागि हामी सहज व्यवस्था मिलाएका छौं’ बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मेयर वीरेन्द्र माझीले यस नगरपालिकामा इ सिटी रिक्सा एवं टेम्पु पार्किङका लागि छिटोभन्दा छिटो नै व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राम बालक राईले ट्राफिक सम्बन्धी चेतनामूलक मन्तव्य प्रस्तुत गरेका थिए।
हनुमाननगर कंकालिनी नपा इकाई कमिटी ईन्चार्ज जसो दासले अध्यक्षता गर्नु भएको कार्यक्रममा नेपाल यातायात अटो टेम्पो,सिटी ई- रिक्सा संध सप्तरीका अध्यक्ष संजय भगत, प्रदेश सदस्य विपिन कुमार कर्ण,इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ का प्रहरी निरीक्षक रामबालक राय, ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख गोविन्द घिसिङ,लगायत सय भन्दा बढी इसिटी रिक्सा एवं अटो टेम्पोका चालकहरूको उपस्थिति रहेको थियो।

राजकुमार यादवले मंच संचालन गरेको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका जि.स. कमली विराजी,ने.या.अ.संघ सप्तरीका जि.अ.संजय भगत,लक्ष्मी ब्यापार संघ भारदह- पोर्ताहा का पुर्व अध्यक्ष कुन्दन मण्डल, पत्रकार भूपदेव माली,ई.प्र.का.कंचनपुरका प्रमुख प्र.ना.उ.माधव प्र.काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर रामबालक राय, यातायात व्यवस्था कार्यालयका प्रमुख कामेश्वर रोहिता,मेयर बीरेन्द्र माझीले शुभकामना मन्तव्य राखेका थिए।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी