• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मिटरब्याजी पिडितलाई संघर्ष समितिले याेगदान पुर्याउदै 

img

न्युज 1 नेपाल सम्वादाता।

कञ्चनरूप/ भदाै ४ गते – सप्तरीकाे कञ्चनरूप नगरपालिका ५ स्थित परिमारा बस्ने काैशल किशाेर सिंह र मुरारी सिंहकाे धिताे जग्गामा फुकुवाकाे माँग गर्दै मिटरब्याज बिरूद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्ड जिल्ला कार्यसमितिले आन्दोलन गरेका छन् । साेही वडाका मिटरब्याजी फगिन्द्र सरदारलाई ऋणकाे तीनगुणा बढी रकम तिरेरपनि पिडकले जग्गामा बिवाद गरेपछि समिति आन्दोलनमा उत्रदै पिडितकाे घर जग्गा कब्जा गरी बुधबार झण्डा गाडेका छन् ।

 सिंहले २०७८ साल कार्तिक २७ गते सरदारसंग ३ लाख ५० हजार र भाइ मुरारी सिंहले २०७८ साल पुस २६ गते एकलाख रूपैयाँ लिएका थिए । रुपैयाँ लिए बापत उनले घर घडेरी ६ कठ्ठा १० धुर र मुरारीकाे नामकाे १८ धुर जग्गा सरदारलाई कपाली कागज गरेर दिएकाे थियाे । तत्काल साे ब्लक जग्गा नापी भएर माेठकाे कागज आएपछी मिटरब्याजी सरदारलाई २ कठ्ठा पास गरिदिने सिंहले मञ्जुरी गरेकाे थियाे तर पिडकले याे स्विकार नगरी सबै जग्गा दावी गर्दै आए । पिडितले भने मैले पटक पटक सरदारलाई आग्रह गरे, तपाईकाे रूपैयाँ वापत म २ कठ्ठा जग्गा पास गरिदिन्छु तर उनले छ कठ्ठा १० धुर जग्गा दिनुपर्छ भन्दै पन्छिदै आए । २ महिना अगाडि मात्र जग्गा लिलामीकाे कागज आफू समक्ष आएपछी सरदारले जग्गा लिलामीमा हालेको थाहा भयो सिंहले बताए ।

साविक गाबिस पिप्रापूर्व २ स्थित कित्ता नम्बर ४० काे ६ कठ्ठा १० धुर रर कित्ता नम्वर ४१ काे १८ धुर जग्गा अदालतबाट लिलामी राेक्न लगाइएकाे थियाे । उक्त जग्गा लिलामीबाट राेक्नलाई ९ लाख २९ हजार ९ सय २७ रूपैयाँ ८७ पैसा पिडितले साउन १८ गते जिल्ला अदालतमा धराैटी बुझाएका छन् । तर यता पिडकले जाेर जवरजस्ती जग्गा जाेतखन गर्दै आएका छन् ।

पिडकले अहिले पनि सबै जग्गा पास गराउन दवाव दिदै आएका छन् ।

यस्तै जिल्लाकै डाक्नेश्वरी नगरपालिका ८ बस्ने बिरेन्द्र साह तेलीकाे १ बिगा ४ कठ्ठा १८ धुर जग्गा मिटर ब्याजीबाट बिक्री राेक लगाएकाे छ । २ दिन अघि मात्र मिटरब्याजी राजबिराज निवासी संदिप जैन र प्रदिप जैनले बिक्री गर्न लागेकाे थाहा पाएर मिटरब्याज बिरूद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्ड जिल्ला कार्यसमितिले बिक्री गर्नबाट राेक लगाएकाे समितिका सचिव बिजय चाैधरीले बताए ।

जगत प्रसाद जैनका दुई भाइ छाेरा संदिप र प्रदिपसंग साहले २०७१ सालमा ८ लाख रूपैयाँ लिएका थिए । साेकाे कपाली कागज ११ लाखकाे बनाइएकाे पिडित साहकाे भनाई छ । तीनपल्ट गरेर २ लाख दिइसकेकाे छु पिडितले भने भाका नाघेकाेले अब हिसाब गर्न नआउने, जग्गा मेराे भइसक्याे भन्दै पिडक जैनद्वयले धीताे फीर्ता गर्न मानेनन् ।

उल्टै जैनद्वयले भाकाकाे तीन महिनाकाे समय नाघेकाेले ब्याजपनि प्रत्येक तीन महिनामा सावामा जाेडेर ब्याजकाे पनि ब्याजमा हिसाब गर्दै आएका थिए । नगरपालिकाकाे मुल्याङकन अनुसार पिडितले धितोमा राखेको जग्गाकाे मूल्य ५ लाख प्रति कठ्ठा पर्दछ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी