भूपदेव माली
०५ भदौ, सप्तरी। सप्तरीमा गर्भपतन मुद्दामा रहेका एकजना प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
पक्राउ परेका प्रतिवादी जिल्ला सप्तरी गाविस मलेकपुर वार्ड नम्बर ५ , हाल विष्णुपुर गाँपा वार्ड नम्बर १ बस्ने अरविन्द मण्डल खत्वे रहेको हो।
प्रतिवादी खत्वे लाई सप्तरी जिल्ला अदालतले चार महिना कैद तोकिएको थियो। उनलाई सप्तरी प्रहरीले पक्राउ गरी सप्तरी अदालतमा दाखिला गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।