• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

महदेविको अंकुरी महादेव मन्दिरमा समितिका लागि शनिबार निर्वाचन हुने

img

भूपदेव माली

भदाै ०६, सप्तरी।

सप्तरीको प्रसिद्व ऐतिहासिक मध्ये एक धार्मिक अंकुरी महादेव मन्दिर विकास समितिको नेतृत्व चयनका लागि सनिवार निर्वाचन हुने भएको छ ।

सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर २ स्थित रहेको उक्त महादेव मन्दिर व्यवस्थापनका लागि संस्थाको अधिवेशनमा सर्वसम्मत समिति गठनमा सहमति हुन नसक्दा मतदान हुने भएको हो ।

चुनावका लागि अध्यक्षमा चार जना र उपाध्यक्षमा दुई , काेषाध्यक्षमा तीन जना, सचिवमा पाँच जना उम्मेदवार रहेको छ, भने चार सदस्यको लागि १४ जनाको उम्मेदवारी परेको मन्दिरका पुजारी बद्री गिरीले जानकारी दिए ।

मन्दिर विकास समितिको नेतृत्वका लागि छुट्टाछुट्टै चार समुह प्यानलसहित उम्मेदवारीको तयारीमा छन् ।

अध्यक्ष पद राजदेव मण्डलको प्यानलबाट उपाध्यक्षमा धनराज ईसर,काेषाध्यक्षमा सरस्वती मंडल ,सचिवमा दुर्गा प्रसाद ईसरले उम्मेदवारी दिएका छन् ।सदस्यहरुमा अनिता देवी, रम्भादेवी राम, जिवछ खंग,रामनाथ मण्डल,,संताेषी ईसर, सुकनी देवी रहेका छन् ।

अध्यक्ष सूर्यनारायण अधिकारीको प्यानलबाट ,उपाध्यक्षमा जय कुमार पैकरा,काेषाध्यक्षमा अनुपम कुमारी राउत,सचिवमा उमेश कुमार साह रहेका छन् ।

यसैगरी सदस्यहरुमा विजय अधिकारी , उमेश प्रसाद मंडल, जगदेव खंग, निता पैकरा,प्रदिप कुमार माझी,नारायण राउत, देवनारायण मंडल रहेका छन् ।

अध्यक्ष देवनन्दन माझी प्यानलबाट ,सचिवमा संताेष मंडल,काेषाध्यक्षमा चम्पा कुमारी मंडल सदस्यमा रामा मंडल रहेका छन् ।

यसैगरी अध्यक्ष अनन्दी मंडल प्यानलबाट सचिवमा महेन्द्र प्रसाद ईसर रहेका छन् । एक जना एकलै सचिवमा कृष्ण कुमार अधिकारी रहेकाे छ ।

मन्दिर विकास नेतृत्व चयनका लागी २ सय ९० जनाले मतदान गर्ने स्थानीय महेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी