• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जसपा नेपालद्वारा भारदह बजारमा विरोध सभा

img

भूपदे माली
भदौ ७ गते सप्तरी। जनता समाजवादी पार्टी नेपाल हनुमाननगर कंकालिनी नगरपालिका नगर समितिले सप्तरीको भारदह बजारमा विरोध सभा सम्पन्न गरेको छ।
शनिबार गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु शाहलाई -कारबाही गर !लाल आयोगको प्रतिवेदन- सार्वजनिक गर! खिलराज रेग्मीको प्रतिवेदन- सार्वजनिक गर !राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन- सार्वजनिक गर! संयुक्त राष्ट्र संघीय प्रतिवेदन- सार्वजनिक गर! मधेसी एकता- जिन्दाबाद !केपी शर्मा ओली- मुर्दाबाद ! नाराका साथ ह. कं. नपा वडा नम्बर ३ स्थित हनुमान मन्दिरको प्राङ्गणमा विरोध सभा सम्पन्न गरेको हो।

नगर समितिका अध्यक्ष कृष कुमार यादवको अध्यक्षता एवं जसपा नेपालको केन्द्रीय सदस्य जगदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एवं सल्लाहकार श्यामदेव यादव,जि. सहसचिव रामेश्वर कौडिया यादव, जिल्ला सदस्य हेम नारायण भदेशवार यादव, वडा नं १ का अध्यक्ष गजेन्द्र माझी, प्रमोद यादव, वडा नम्बर ३ का वडा अध्यक्ष विजयकुमार, यादव जिल्ला सदस्य अर्जुन यादव, जिल्ला महिला सदस्य चन्द्रकाला यादव, वडा नम्बर ३ का महिला सदस्य परिसमैन सदा, वडासदस्य मोहम्मद युनुस लगायतका उपस्थिति रहेको थियो।

सम्पन्न कार्यक्रममा ‘गौर घटनाको मुख्य योजनाकार तत्कालीन माओवादीका नेता प्रभु शाह रहेको’ भन्दै , गौर स्थित राइस मिलको मैदानमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपालको जनसभा १५ दिन आगामी निर्धारित भएपश्चात् केही दिनपछि उक्त सभालाई बिथोल्न तत्कालीन नेकपा माओवादीका नेता प्रभु साहले आफ्नो पार्टीको जनसभा पनि सोही स्थानमा आयोजन गरी त्रिशुलीबाट छापामार सैन्यहरूलाई ल्याएर मधेसी जनतामाथि आक्रमण गर्न लगाएकोले प्रतिवादको रूपमा उक्त घटना सिर्जित भएको वक्ताहरूले मन्तव्यमा राखेका थिए।

यस्तै जसपा नेपालले नेपाल सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकको विरोध गर्दै सरकारबाट समर्थन फिर्ता लिएपछि राजनीतिक हस्तक्षेप गर्ने मनसायले केपी शर्मा ओलीले गौर घटना काण्डमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सर्वोच्च अदालतद्वारा परमादेश जारी गर्न लगाएको आरोप लगाउँदै कार्यक्रममा सहभागी केही नेता एवं कार्यकर्ताहरूले आआफ्ना मन्तव्य राखेका थिए।
रामानन्द यादवले कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा सञ्जय करुडिया यादव, परशुराम यादव, कोसलेन्द्र यादव, श्यामदेव यादव ,जगदेव यादव ,गजेन्द्र माझी लगायतका वक्ताहरुले धारणा व्यक्त गरेका थिए।
सदस्य मोहम्मद युनुस लगायतका उपस्थिति रहेको थियो।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी