• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

भारतको पानीले पाकिस्तान बाढीको जोखिममा

img

भदौ ११, लाहौर।छिमेकी देश भारतले ‘आफ्नो ड्यामको ओभरफ्लो’ भइरहेको बाँधबाट आवश्यकताभन्दा बढी पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा भयावाह बाढीको समस्या उत्पन्न भएको छ । भारतमा निर्मित विशाल ड्यामको पानी छोड्दा नदी हुँदै पाकिस्तानको पूर्वी क्षेत्र डुबानमा परेको हो।
यता पाकिस्तानका अधिकारीहरूले दसौं हजार स्थानीय नागरिकलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।

सूचना मार्फत नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र युद्ध पछि पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि भएको बताएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सतलज नदीमा बढ्दो जलस्तरबारे चेतावनी जारी गर्दै पाकिस्तान अधिनस्थ पञ्जाब प्रान्तका विभिन्न जिल्लाबाट जनतालाई स्थानान्तरण गरिएको जनाएको छ ।

उद्धारकर्ताले कसुर जिल्लाबाट मात्र १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा पुर्‍याएका छन् भने भारतीय सीमा नजिकको बहावलनगर सहरबाट ८९ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ । एनडीएमएले नागरिकलाई नदी, खोल्सा र तल्लो क्षेत्रहरूबाट टाढा सुरक्षित स्थानमा रहन, अनावश्यक यात्रा नगर्न र मिडिया, मोबाइल सन्देश तथा आफ्नो विपद् चेतावनी एपमार्फत प्रसारित सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।

पछिल्लो दुई महिनायता मनसुनी वर्षाका कारण बाढीपहिरोको विपद् सामना गरिरहेको पाकिस्तानका लागि फेरि थप संकट थपिएको हो । उत्तरपश्चिमी बुनेर जिल्लामा यसै महिना आएको आकस्मिक बाढीमा ३ सयभन्दा बढी मानिसको ज्यान गएको थियो । स्थानीयले पूर्वचेतावनी नपाएको गुनासो गरेका थिए यद्यपी पाकिस्तानी अधिकारीहरूले आकस्मिक आरीघोप्टे पानी पर्नुका कारण बाढी अनुमान गर्न नसकिएको बहानाबाजी गरेका थिए। । जुन २६ यता पाकिस्तानमा मनसुनी वर्षाबाट निम्तिएको बाढीले हालसम्म ८ सयभन्दा बढीको ज्यान गईसकेको छ । विवादित कश्मीर क्षेत्रमा मात्रै दर्जनौंको मृत्यु भएको छ भने भारत प्रशासित भागमा हजारौं विस्थापित भएका छन् । मनसुनी वर्षा सेप्टेम्बरसम्म चल्ने बताइएको छ ।

यस पटकको बाढी चेतावनी सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिअन्तर्गतको स्थायी संयन्त्र (सिन्धु जल आयोग) बाट नभई प्रत्यक्ष कूटनीतिक माध्यममार्फत पठाइएको हो । गत अप्रिलमा कश्मीरमा २६ जना पर्यटक मारिएपछि भारतले उक्त आयोग स्थगित गरेको थियो । पाकिस्तानले भने यो सन्धि एकतर्फी खारेज गर्न नसकिने स्पष्ट पारेको छ ।

पाकिस्तान र भारत बीच जतिसुकै द्वन्द र युद्ध भएपनि सिन्धु जल सन्धि विगतमा १९६५ र १९७१ का युद्ध र १९९९ को ठूलो सीमा झडपको अवस्थामा पनि तोडिएको थिएन । तर पहलगाममा पर्यटक हत्यापछि भारतले सन्धि निलम्बन मात्र नगरी कूटनीतिक सम्बन्ध पनि कटौती गरेको थियो ।त्यसयता सम्बन्ध सामान्यीकरणका प्रयास देखिएको छैन ।

विज्ञ र मौसमविद्हरूले यस क्षेत्रमा बढ्दो वर्षालाई जलवायु परिवर्तनको असर ठहर गरेका छन् । अझै पनि वर्षाले विनाशकारी बाढी दोहोरिने डर भएको बताइएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी