भूपदेव माली
१२ भदौ, सप्तरी। उत्तर भारतको जम्मु कश्मिर पन्जाब एवं हिमाञ्चल प्रदेशमा पछिल्लो चार दिनदेखि भइरहेको निरन्तर वर्षाले तबाही मचाएको छ।
उक्त क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण आएको बाढी र गएको पहिरोले गर्दा लाखौंको जनजीवन कष्टकर बनेको हो।वैष्णो देवी मन्दिर निकट गएको पहिरोमा परेर ३० जनाको मृत्यु भएको छ। उक्त क्षेत्रमा बसोबास गरेका मानिसहरूको जनजीवन अस्तव्यस्त मात्र नभई कतिपय घर मकान ध्वस्त भएका छन् भने कतिपय क्षतिग्रस्त अवस्थामा अवस्थामा छन्।

कश्मिरका अधिकांश पुल हरू ध्वस्त भइसकेको छ। असंख्य स्थानहरूमा निरन्तर मनसुनी वर्षाको कारण हाइवेको एन एच ४४ राष्ट्रिय राजमार्ग भत्किएर तहसनहस भई बाटो अवरुद्ध भएको छ। अधिकांश पुलहरू ध्वस्त भइसकेको छ। सरकारले बाटो खुलाउन प्रयास गरे पनि निरन्तर भइरहेको वर्षाको कारण बाटो बनाउन सक्ने अवस्थामा छैन मृत्यु भइसकेको छभने कतिपयको सव माटोमुनि दबिएर रहेकालाई उद्दार गर्ने कार्य भइरहेको छ। ठाउँ ठाउँमा गएको पहिरोका कारण यात्रीहरू अलपत्रमा परेका छन् ,कतिपय स्थानमा हेलिकप्टरद्वारा उद्धार कार्य भइरहेको छ।
यस्तै भारतका मूल नदी गंगामा जलस्तर सीमा नागेको छ। ऐतिहासिक सहर वारानासी स्थित गङ्गामा जलस्तर सिमा नागेको छ। यस्तै वरुणा नदीमा पनि जलस्तर बढ्न जाँदा वरिपरिका क्षेत्रमा बाढी पस्न गई सेक्डौं घर परिवारका मानिसहरू सुरक्षित स्थानमा आश्रय लिएका छन्।

वारानासीको गंगामा आरतीको आयोजन गर्ने गङ्गा सेवा निधिको अनुसार दशास्वमेध घाटमा पानी भरिएकोले पारम्परिक आरती यतिबेला छानामाथि भइरहेको छ। यस्तै घाटको तल्लो भाग पानीले डुबिएकोले हरिश्चन्द्र एवं मणिकर्मीका घाटमा हुने शवदाह घरको छानामाथि भइरहेको छ। घाटमा भएको शीतला माताको मन्दिर समेत जलमग्न छ।
विहिबार गङ्गाको जलस्तर खतराको चीन्ह ७०.२६ मीटर पार गर्दै ७०.९१ मिटर पुगेको छ।