• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

इम्बोस्ड नम्बर खारेज गर्न त्रिपन्न संस्थाले जारी गरे संयुक्त प्रेस विज्ञप्ति

img

भूपदेव माली

भदौ १ ३, सप्तरी।

सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने बाध्यात्मक निर्णयका विरुद्ध त्रिपन्नओटा संघसंस्थाले सरकारलाई ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी गरेका छन् । उक्त संस्थाहरूको १२ गते बसेको संयुक्त बैठकले विज्ञप्ति जारी गरेका हुन्।

जारी विज्ञप्तिको यसप्रकार रहेको छ-ससम्मान नेपाली अक्षर प्रयोग गर्नुपर्ने सरकारको ध्यानाकर्षण

“नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबर्जस्ती गर्न लागेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालभित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना र आम नेपाली जनताको मर्म र भावना विपरीत भएकाले तत्काल यो भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छाैँ । यदि यो निर्णय नसच्चिए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कुरा पनि अत्यन्तै गम्भीरता र जिम्मेवारीपूर्वक सरकारलाई यही विज्ञप्तिमार्फत् अवगत गराउँदछाैँ ।

 

राधेश्याम लेकाली, अध्यक्ष- साहित्यिक पत्रकार सङ्घ

मोहन दुवाल, अध्यक्ष- नेपाल साहित्यिक पत्रकार सङ्घ

विजयराज आचार्य, अध्यक्ष- नेपाल बालसाहित्य समाज

श्रीओम श्रेष्ठ “रोदन”, अध्यक्ष- नेपाल स्रष्टा समाज

जलेश्वरी श्रेष्ठ, अध्यक्ष- गुन्जन

पद्मावती सिंह, कोषाध्यक्ष- शंकर लामिछाने प्रतिष्ठान

प्रतीक ढकाल, अध्यक्ष- पर्वतीय साहित्य समाज नेपाल

प्रद्युम्न जोशी, सदस्य-सचिव -वासु शशी स्मृति परिषद

तुलसीहरि कोइराला, अध्यक्ष- लघुकथा समाज नेपाल

पवन आलोक, प्रधान सम्पादक – अभिव्यक्ति साहित्यिक द्वैमासिक

गार्गी शर्मा, महासचिव – नेपाल साहित्य मन्दिर

किशोर पहाडी, प्रधान सम्पादक- शब्दपथ

रामकाजी कोने, अध्यक्ष – नेपाल मुक्तक प्रतिष्ठान

मोमिला जोशी, अध्यक्ष -नेपाली कला साहित्य डटकम

विमल भौकाजी, सम्पादक – शारदा मासिक

मन्जिला अनिल, अध्यक्ष – सखी प्रतिष्ठान

डा. सावित्री श्रेष्ठ, संरक्षक -सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र

मिथिला शर्मा, अध्यक्ष -चेतन कार्की स्मृति समाज

शङ्कर भारती, अध्यक्ष -उपन्यास समाज नेपाल

उमेश पाण्डे, अध्यक्ष – संसाक तथा इसंसाक.कम

भवानी खतिवडा, महासचिव -नियात्रा समाज नेपाल

रन्जना निरौला, अध्यक्ष -यशस्वी प्रज्ञा-प्रतिष्ठान

रमेश खनाल, निर्देशक -अरुपण आर्ट ग्यालरी, नेपाल

बुद्धिमान महर्जन, अध्यक्ष -लालित्य सिर्जना समाज

शान्ति न्यौपाने रिसाल, अध्यक्ष – गोकर्णेश्वर कला साहित्य प्रतिष्ठान

हरिमन्जुश्री, अध्यक्ष -शब्दयात्रा प्रकाशन

जलेश्वरी श्रेष्ठ, अध्यक्ष -जलरिका साहित्य प्रतिष्ठान

गीता कार्की, अध्यक्ष -नारी साहित्य प्रतिष्ठान

सुभद्रा दाहाल, अध्यक्ष -पनौती साहित्य समाज

हिरण्यकुमारी पाठक, सम्पादक -नारी स्वर द्वैमासिक

विजयध्वज थापा, अध्यक्ष -लीलाध्वज थापा साहित्य प्रतिष्ठान

छविरमण सिलवाल, अध्यक्ष -सुनकोशी वाङ्मय प्रतिष्ठान

विश्वविमोहन श्रेष्ठ, अध्यक्ष -एपेक नेपाल

कृष्ण प्रसाईं, अध्यक्ष -जरा फाउन्डेसन, नेपाल

विनोद नेपाल, अध्यक्ष -भूगोल साहित्य समाज

डा. शैलेन्दुप्रकाश नेपाल, अध्यक्ष -पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र

सिर्जना दुवाल, सचिव -जनमत वाङ्मय प्रतिष्ठान नेपाल

रमेश दाहाल, कार्यकारी सम्पादक -अनेसास दर्पण

धीरकुमार श्रेष्ठ, प्रधान सम्पादक -शब्दाङ्कुर मासिक

जयदेव भट्टराई, सम्पादक -आरब्ध द्वैमासिक साहित्यिक पत्रिका

डा. दामोदर पुडासैनी, अध्यक्ष -दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष

विक्रमभक्त जोशी, संस्थापक अध्यक्ष -प्रभुभक्त – छोरी नानी वर्ष पुस्तक

रामप्रसाद पन्त, अध्यक्ष -दायित्व वाङ्मय प्रतिष्ठान

लक्ष्मी उप्रेती, सम्पादक/ प्रकाशक -वनिता

सुनिल अधिकारी, अध्यक्ष -हातेमालो साहित्य संगम

निलान्जला भारद्वाज, अध्यक्ष -मुक्तालय नेपाल

डा. बमबहादुर जिताली, अध्यक्ष -मन्जुश्री साहित्यिक समाज

मदन नेपाल, अध्यक्ष -हामी र हाम्रो कृति समाज

ममता मृदुल, अध्यक्ष -नारी स्रष्टा समाज

भानुप्रकाश जोशी, उपाध्यक्ष -ललित साहित्य समाज

मीनदेवी कार्की, अध्यक्ष -सङ्गीत देवालय

डा. विष्णुकुमार खत्री, महासचिव -नेपाली वाङ्मय प्रतिष्ठान

अनुपमा रेग्मी, सचिव -चारुशीला वाङ्मय प्रतिष्ठान

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी