• img
  • img
img img img
Categories
प्रदेश समाचार विचार

जण्डोलमा शुक्रबार भूमि समस्या समाधान आयोग र हरवा चरवा वीच भूमि प्राप्ति प्रक्रिया विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

img

भदौ १३, सप्तरी । जण्डोलमा शुक्रबार भूमि समस्या समाधान आयोग र हरवा चरवा वीच भूमि प्राप्ति प्रक्रिया विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

  1. सप्तरीको अग्निसार कृष्ण सवररण गाउँपालिका वडा नम्बर १ स्थित जन्डोलमा द फ्रीडम फण्डको सहयोग एवं श्रीपुर्राज सामुदायिक विकास केन्द्र कुशहा सप्तरी द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका अध्यक्ष चतुर नारायण चौधरीको अध्यक्षता तथा भूमि समस्या समाधान आयोग सप्तरीका विज्ञ सदस्य पञ्चदेव चौधरीको विशेष उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा

बोल्दै बक्ताहरुले भूमिहीन हरवा चरवाहरुलाई सहज रुपामा भुमि प्राप्तिको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । हरवा चरवा भुमिको मालिक भएको दिनमात्र नेपाल सरकारले गठन गरेको आयोगले सार्थकता पाउने उनीहरुको भनाइ थियो ।

वक्ताहरुले भुमी समस्या समाधान आयोग र गाउँपालिका वीच समन्वयको अभावले निस्सा वितरण तथा लालपुर्जा वितरण कार्य प्रभावित भएको बताए । उनीहरुले सरकारले लिएको लक्ष्य प्राप्तिका लागि लक्षित बर्ग र सरोकारवालाहरुको सहयोग अपरिहार्य भएको बताए ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग सप्तरीको विज्ञ सदस्य पञ्चदेव चौधरी, राष्ट्रिय भुमी अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशन सदा, हरवा चरव अधिकार मञ्चका केन्द्रीय महासचिव लागेन्द्र सदा, खडक नगरपालिकाका कार्यक्रम अधिकृत रमाकान्त चौधरी, महादेवा गाउँपालिका अधिकृत ब्रहमदेव गौतम,जनचेतना दलित संगमका प्रतिनिधि उमाकान्त राम, अग्नीसाईर कृष्णासररन गाउँपालिकाका अमिन देव कुमार ठाकुर, आरडिएनका प्रतिनिधि संजय महोरालगायतकाले बोलेका थिए ।

श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका कार्यक्रम सहजकर्ता विजुली प्रसाद रामद्वारा संचालित कार्यक्रम स्वागत संयोजक मनोज कुमार गौतमले गरे भने टिम लीडर विनोदानन्द चौधरीले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेका थिए ।

‘मुक्त हरवाचरवाहरुको न्यायीक पुनर्स्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पालिकाका भूमी समस्या समाधान आयोग्का संयोजक, हरवा चरवा संघसंस्थाका विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिसहित सरोकारवालाको सहभागीता रहेको थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी