• img
  • img
img img img
Categories
प्रदेश समाचार

नयाँ सिडियाे र पत्रकारबीच भेटघाट

img

राजबिराज / भदाै १५ गते- सप्तरीमा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेल र सञ्चारकर्मीबीच भेटघाट भएकाे छ । जिल्ला प्रशासन कार्यालय सप्तरीकाे आयोजनामा आइतबार उहाँकै कार्यकक्षमा भेटघाट भएकाे हाे ।

भेटघाटमा परिचयसंगै जिल्लाका समसामयिक बिषयमा छलफल गरिएकाे छ ।
छलफलमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, महिला उपाध्यक्ष सुधा देव, सह सचिव डम्बर राई, कार्यसमितिका सदस्य बृजमान तामाङ, नर्मदेव यादव, प्रेस युनियन सप्तरीमा अध्यक्ष बिनयलाल कर्ण, हेमशंकर सिंह लगायत पत्रकारहरूले जिल्लाकाे गतविधि बारेमा प्रजिअलाई सुझाएका दिए ।

प्रमुख जिल्ला अधिकारी पाेखरेलले पत्रकारहरूले उठाएका सान्दर्भिक कुराहरूमा आफू गम्भीर भन्दै जिल्लामा काम गर्दा आवश्यक अनुसार समन्वय र सहकार्य रहने बताउनु भयाे । प्रजिअ भाेला दाहाल सरुवा भई गएपछि अघिल्लाे हप्ता प्रजिअ पाेखरेल धनकुट्टाबाट सप्तरी आइपुगेका थिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी