• img
  • img
img img img
Categories
प्रदेश समाचार

काेठाभित्र आमा र छोरा मृत अवस्थामा

img

सुनिता मगराती
सिरहा
सिरहाकाे लहान नगरपालिका १ मटियर्वामा एक बच्चा र आमा मृत अवस्थामा भेटिएकाे छ । काेठा भाडा गरि बसेका ३० बर्षीया रंजिता चाैधरी र उनका ५ बर्षिय छाेरा एराेन चाैधरी काेठामा मंगलबार बिहान मृत भेटिएकाे ईलाका प्रहरी कार्यालय लहानले जानकारी गराएकाे छ ।

प्रहरीकाे अनुसार रंजिता अस्वभाविक अवस्थामा र एराेन ओछयानमा थिए । गम्भीर अवस्थामा उद्धार गरिएका ७ महिने बालिकाकाे लहान स्थित सप्तऋषि अस्पतालमा उपचार भईरहेकाे प्रहरी नायव उपरिक्षक कैलाश रायले बताए । घटनामा अत्याधिक मात्रामा बिषाधी प्रयाेग भएकाे हुनसक्ने प्रारम्भिक अनुशंधान गरिएतापनि यसकाे रिपाेर्ट नआइसकेको र सूक्ष्म तरीकाले अनुशंधान भइरहेकाे डिएसपी रायले बताए ।राेजगारीकाे शिलसिलामा बाहिर रहेका मृतक रंजिताका श्रीमान प्रविण चाैधरी भने सम्पर्कमा आएका छैनन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी