• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरी एफएमकाे तेस्राे बार्षिक सभा भव्यरुपमा सम्पन्न

img

सञ्चार ऐन स्थानीय सरकारमा लागू हुनुपर्ने छ: पत्रकार साह

हनुमाननगर

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साहले समाजमा पत्रकारहरू मात्र बिश्वासकाे पात्र बनेकाे बताउनु भयाे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरवा स्थित सप्तरी एफएमकाे तेस्राे बार्षिक सभालाई सम्वाेधन गर्नुहुदै बुधवार यस्ताे बताउनु भएकाे हाे ।

गाउघरमा सडक, भवन लगायत निर्माण गर्नुस याे बिकासकाे पूर्वाधार वा आधार हाेइन उहाँले भन्नुभयाे, शिक्षा, स्वास्थ्य, कृषि र अहिले पर्यटन जाेडेर लगेका छन् तर सञ्चार बिकासका लागि जाेडेकाे पाइएन । जबसम्म सञ्चार क्षेत्रलाई छुट्याएर बिकासका लागि जति पूर्वाधार बनाएपनि त्याे अधुरै भएर जाने पत्रकार साहले बताउनु भयाे । मधेश प्रदेशका १ सय ३६ वटा पालिकामा कतैपनि सञ्चार ऐन बनाएर सञ्चारक्षेत्रकाे बिकासमा स्थानीय सरकारकाे भूमिका नबनेकाेमा पत्रकार साहले दु:ख ब्यक्त गर्नुभयाे ।

अर्काे प्रसङ्गमा उहाँले भन्नुभयाे, देशमा बिधमान परिस्थितिमा सवालमा हाेस् वा परिवर्तनकारी सवालमा हुने जुनसुकै आन्दोलनमा सञ्चार, मिडियाकाे महत्वपूर्ण भुमिका रहेकाे हुन्छ । त्यतिबेला तपाईहरूले बुझ्ने कुरा केहाे भने समाचार कसले लेख्याे? कुनमा लेख्याे ? त्यसकाे स्मरण गर्नुस् र चिन्तन मनन गर्नुस् । स्थानीय निकायमा मिडियाले प्रकाशन गरेकाे खण्डमा मात्र बिकास भएकाे संदेश जानेछ पत्रकार साहले धारणा ब्यक्त गर्नुभयाे । स्थानीय सरकारका पक्षधरलाई अंकित गर्दै उहाँ भन्नुभयाे जब तपाईहरू याे कुरा बुझ्नुस्, यदि सञ्चार जीबित रहन्छ र सञ्चार तपाइकाे अंग बन्छ तवमात्र बिकासकाे क्षेत्रमा प्रगती भएकाे महसुश हुन्छ । स्थानीय क्षेत्रमा जतिपनि सकरात्मक कार्यमा लगावका लागि घचघचाइ रहेकाे एकमात्र साधन हाे सञ्चार तसर्थपनि सञ्चारकाे बिश्वास आम समुदायमा रहिआएको छ र रहिरहने उहाँले दावी गर्नुभयाे । उहाँले एफएमकाे उन्नती प्रगतीकाे कामना गर्दै सम्पूर्ण एफएम टीमलाई बधाई ज्ञापन गर्नुभयाे ।

सप्तरी एमएम ९८.५ मेगाहर्जका स्टेसन मेनेजर कमल मण्डलकाे अध्यक्षता रहेकाे साे कार्यक्रममा, महादेवा गाउपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, हनुमाननगर कंकालिनी नगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष, माे. साकिर खान, पत्रकारहरु क्रमश: डम्बर राई, ओमप्रकाश साह, कृष्ण कुमार मण्डल, भुपदेव माली, सप्तरी जनचेतना अभियानकी सचेतक जुली ठाकुर लगायतका ब्यक्तित्वहरूले शुभकामना मन्तब्य राखेका थिए । साे समाराेहमा पत्रकार राई, माली, मण्डल र साहलाई मायाकाे चिनाे सहित सम्मान गरिएकाे छ । साथै एफएमका कलाकार तथा पत्रकारहरूलाई समेत कदर पत्र र सम्मान पत्र प्रदान गरिएकाे थियाे । उनिहरूलाई समाराेहका प्रमुख अतिथि पत्रकार धीरेन्द्र प्रसाद साह र महादेवा गापा अध्यक्ष मण्डलले हस्तान्तरण गरेका थिए । अन्तमा एफएमका सञ्चालक अध्यक्ष मनाेज कुमार मण्डलले बधाई तथा धन्यवाद कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी