• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जितिया पर्वकाे निष्ठाले हामी बाच्न सफल भएका हा‌ै: जितिया सार

img

सुनिता मगराती

सिरहा

यस बर्षकाे जितिया पर्वमा खल्लाेपना देखिएकाे छ । जितिया पर्व घर आगनमा भित्रिसकेकाे समयमा देश संकटग्रस्त अवस्थामा गुज्रिन पुग्याे । यहि कारणले जितिया पर्व हर्षाेल्लासका साथ मनाउने परिस्थितिमा सहजता नआएको हामी सबैमा महशुस छ । गम्भीर अवस्था वावजुत तराई/ मधेशमा जितिया पर्व आज मनाइदै छ ।

तराई र भित्रि तराईमा छरिएर बसाेवास गरी आएका सँस्कृतिका धनी आदिवासी थारू समुदायका आफ्नै छुट्टै परम्परा र सँस्कृतिहरू छन् । अनेक चाड पर्वहरू मध्ये जितिया पनि एक हाे । आदिमकालदेखी थारू महिलाहरूले हर्षाेल्लास पूर्वक याे चाड मनाई व्रत बस्ने भएपनि पछिल्लाे समयमा आएर अन्य समुदायका महिलाहरूले पनि मनाउन थालेकाले अब याे पर्वलाई सम्पूर्ण तराईवासीका साझा पर्वकाे रूपमा लिइएकाे छ ।

यस पर्वमा जितमहान देउताकाे पुजा गरिन्छ । जितमहान भन्नाले जित्नु अर्थात बिजय प्राप्त गर्नु र विशाल वा ख्याती प्राप्त गर्नु भन्ने बुझिन्छ । सफलताकाे प्रतिककाे रूपमा सूर्यकाे छाेरा जितमहानकाे व्रत बस्नकाे लागि शुद्ध दिन अथवा आश्विन कृष्ण पक्ष सप्तमी तिथिका शनिबारकाे दिन नुहाई, धुवाई अष्ठमी तिथि वा आइतबार उपास बसी नवमी तिथि वा साेमबार पारन विधि पूर्वक भाेजन सुरू गर्ने तिथि मिति परेकाे छ भने मात्र ब्रतकाे सुरूवात गर्न सकिने पाैराणिक विधि बिधान रहेकाे धर्मबिज्ञहरूकाे भनाई छ । याे पर्वमा बिवाहित महिलाहरूले मात्र उपवास बसी व्रत लिने मान्यता रहेपनि यसकाे सफलताका लागि परिवारका अन्य सदस्यहरूले पनि भूमिका र जिम्मेवारी बहन गरेकाे हुन्छ।

सुरूका दिन ब्रतालुहरू बिहानै सबेरै नदी, खाेला, पाेखरी, इनार लगायत जलाशयमा नुहाई, धुवाई गरी माटाे र पिनाले कपाल पखाली घिराैलाकाे पातमा फूल, माटाे र पिना पूर्वतिर फर्केर भिजेकै कपडा लगाई चढाउने गर्दछन् । दिनभरी खानपिनकाे तयारीमा ब्यस्त रहन्छन् । आज अष्टमी तिथिका दिन पानी समेत नखाई महिलाहरू घर परिवारकाे दिर्घायु, सुख शान्तिकाे कामना गरि उपवास, व्रत बसेका छन् । याे पर्वमा गाउँघरमा रातभर विभिन्न किसिमका नाच जस्तै साेरठी, धुमरा, मान, झमटा आदि नाच गरेर ब्रतालुहरूले मनाेरञ्जन गर्ने परम्परा रहि आएको भक्तजनहरू बताउछन् ।

अन्तिम दिन बिहान सूर्य उदाएपछि घर, आँगन गाेवर माटाेले लिपपाेत गरेर पुजाका सम्पूर्ण सामाग्रीहरू जलाशयमा प्रवाह गरी नुहाई, धुवाई गर्छन् । त्यसपछि पुजा विधि अनुसार सब‌ै कार्य सकेर भाेजनकाे सुरूवात गर्छन् । जितिया पर्वमा एउटा उखान छ ।

“जितिया पावैन बर भारी !

धियापुताके ठाेइक सुताबी!!

अपना ल्या भैर थारी!!!”

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी