• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जेन जी आन्दोलनको क्रममा ज्यान गुमाएका हालसम्म २८ जनाको शव पोस्टमार्टम

img

न्युज 1नेपाल संवाददाता
भदौ ३०,काठमाडौं । जेन जी आन्दोलनको क्रममा मृत्यु भएकाहरु मध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा २८ जनाको पोस्टमार्टम (शव परीक्षण )कार्य सकिएको छ । अस्पतालमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको शव परीक्षण कार्यमा तिव्रता ल्याएको हो।

हालसम्म जम्मा ४६ शवहरु परीक्षणका लागि अस्पताल ल्याइएको फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने ७ जनाको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको छ । जसका लागि डीएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शवपरीक्षण गरिने प्रक्रिया अपनाउन सकिन्छ।

डा. चौधरीले भन्नुभयो, ‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आए बमोजिम शवपरीक्षण कार्यमा लागेका छौँ ।’बताउनु भयो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी