न्युज 1नेपाल संवाददाता
३० भदौ, सप्तरी । तनहुँ कारागारबाट फरार भएका मध्ये १०९ जना कैदी बन्दी पक्राउ परेका छन् ।
गत भदौ २४ गते राति जेनजी आन्दोलनको क्रममा आन्दोलनकै बहानामा फरार भएका ३२७ जनामध्ये हालसम्म १०९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२ पुरुष थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीले जेनजी आन्दोलनको बहानामा तनहुँ कारागारबाट फरार रहेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
देशको विकसित असमान्य परिस्थितिको फाइदा लिई हिरासत र कारागारबाट फरार रहेका थुनुवा, कैदीबन्दीलाई स्वेच्छिक रुपमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालयको सम्पर्कमा आउन आग्रह गरिएको छ।
अन्यथा आवश्यकताका आधारमा बल प्रयोग गरिने बताइएको छ।