काठमाडौं । जेनजी प्रदर्शनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
सुशीला कार्की नेतृत्व सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो मन्त्रिपरिषद् बैठक शुरु भएको छ । बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका छन् । तीनै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका थिए । उनीहरू सम्मिलित बैठक अहिले बसिरहेको हो ।
सरकारले १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।
नका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ ।
ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।