• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

इटहरी उपमहानगरपालिकाको कार्यालय सुचारु गर्न खुल्ला चौरमा बैठक सम्पन्न

img

३१ भदौ, सप्तरी । जेनजी आन्दोलनका क्रममा अराजक समूहद्वारा कार्यालय भवनमा आगजनी गर्नाले कामकाज सुचारु गर्न इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक खुला मैदानमा सम्पन्न गरेको छ ।
२३ र २४ भदौमा आगजनी र ब्यापक तोडफोड हुँदा भवन क्षतिग्रस्त हुन गएकोले मंगलबार उपमहानगरपालिकाको प्रांगणमा कार्यपालिका बैठक बसेको हो ।

प्रमुख कार्यकारी अधिकृत मिनबहादुर भट्टराईको अनुसार बैठकले उपमहानगरको कार्यालय ४ असोजदेखि कार्यालय सुचारु गर्ने निर्णय भएको छ।

सम्पन्न बैठकले पालिकाको कार्यालयमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय समेत गरेको छ।

सोही बैठकले जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्ने निर्णय पनि गरेको छ ।

जेन जी आन्दोलनको क्रममा २३ भदौमा इटहरी उपमहानगरपालिकामा अराजक समूहले आगजनी गर्दै गरेको अवस्थामा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी