• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजबिराज नगरपालिका क्षेत्रमा सरसफाई अभियान सुरु

img

न्युज 1नेपाल संवाददाता
३१ भदौ, सप्तरी । जेनजी आन्दोलनको क्रममा अराजक समूह द्वारा गरिएको आगजनी तथा तोडफोडका कारण दुर्गन्धित राजविराज नगरपालिकामा मंगलबार सरसफाइ कार्य शुरु भएको छ ।
नगरपालिकाको कार्यालय परिसर एवं अन्य स्थानहरूमा राजविराज नगरपालिकाद्वारा बृहत सरसफाइ अभियान संचालन गरेको हो ।
जेनजी पुस्ताको आन्दोलनका क्रममा उच्च श्रृंखल युवाहरूले राजविराज नगरपालिकाका ट्याक्टर, टिपर, जेसीवी, एम्बुलेन्स जस्ता फोहर फाल्ने उपकरणमा आगजनी गरि क्षति पुगेकोले एकहप्तादेखि नगर क्षेत्रमा सरसफाइ कार्य रोकिएको थियो ।
राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले नगर क्षेत्र दुर्गन्धित भई आम जनतालाई असहज भएकोले बृहत सरसफाइ शुरु गरेको नगरपालिकाले जनाएको छ ।
कार्यबाहक मेयर परविनको नेतृत्वमा नगरपालिका कार्यालयबाट मंगलबार विहानदेखि सरसफाइ अभियान संचालन गरि सम्पूर्ण नगर क्षेत्रका फोहरमैला समेत व्यवस्थापन गरिने नगरपालिकाका एक कर्मचारीले बताए ।
नगरपालिकाको आव्हानमा शुरु भएको सरसफाइ अभियानमा जनप्रतिनिधि, नगरपालिका कर्मचारी, स्थानीयबासीहरु सहभागी छन् ।
जेनजी आन्दोलनको नाममा राजविराज नगरपालिका लगायत दर्जनौं सरकारी कार्यालय तथा सार्वजनिक संस्थाका सवारी साधन, विधुतीय उपकरण, फर्निचर, महत्त्वपूर्ण कागजातसहित अति महत्त्वपूर्ण भौतिकपूर्वाधारमा तोडफोड र आगजनी हुँदा अर्बौंको क्षति पुगेको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी