भूपदेव माली
आश्विन १, सप्तरी। तराई मधेश सहित नेपाल भरी संसारका प्रथम यन्त्र अविष्कारक भगवान विश्वकर्माको पूजा – अर्चना भव्य रुपमा सम्पन्न भएको छ।
बाबा विश्वकर्मा संसारमा प्रथम पटक विभिन्न यन्त्रहरू एवं विशाल भवनहरूको निर्माता भएको विश्वास अनुरूप प्रत्येक यातायात संचालक, कलकारखानाका धनिहरुले बुधबार निष्ठापूर्वक पूजाआजा सम्पन्न गरिएको हो।
तराई मधेश सहित नेपाल भरीका हरेक स्थानमा रहेका मिल, कलकारखाना,मोटर गैरेज, औजार एवं मोटर गाडीलाई धोई पखालेर बाबा विश्वकर्माको फोटो राखेर वा मुर्ति स्थापना गरेर विधिपूर्वक पूजा अर्चना सम्पन्न भएको छ।
मुर्ति स्थापना गरिएकोहरुले भोलिपल्ट पूजाआजा गरी नदी, खोला ताल वा पोखरीमा सेलाउने छन्।भगवान विश्वकर्मालाई प्रथम सृष्टिको रचयिता भगवान विष्णुको सातौं पुत्र मानिन्छ। सम्पूर्ण सृष्टिमाथि जीवनको सञ्चालनका लागि जे जति सृजनात्मक छ ,ती सबै भगवान विश्वकर्माको दिन हो। त्यसैले जगतको पहिलो शिल्पकार, वास्तुकार तथा इन्जिनियर भनिन्छ। उहाँलाई ज्ञान विज्ञान एवं समस्त संसारको निर्माणका स्वामी मानिन्छ र उहाँ शिल्पकलाको अग्रदूतको रुपमा पुजिनुहुन्छ। 
हुन त विश्वकर्मा पञ्चमुख हो। उनको पाँचवटा अनुहार मुख छ। जो पूर्वपश्चिम उत्तर दक्षिण र ऋषिहरूको मन्त्रद्वारा उत्पन्न गरिएको छ। उनको नाम मन्नु ,मय, त्वष्टा, शिल्पी र देवज्ञ हो। ऋषिमुनि विश्वकर्मा यो सानग गोत्र, भएको मानिन्छ।।