• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कोशी ब्यारेज स्थित नदीमा विश्वकर्मा मूर्ति सेलाउने मोटर गाडीहरुको घुईचो

img

भूपदेव माली
असोज ०२, सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १, भारदह स्थित कोशी ब्यारेजमा विश्वकर्माको मूर्ति सेलाउने मोटर गाडीहरुको ब्यापक घुईचो लागेका छन्।
संसारकै पहिलो शिल्पकार, वास्तुकार एवं ईन्जिनियर को रुपमा मानिने बाबा विश्वकर्माको हिजो विधिवत रुपमा पूजा अर्चना गरी विहीबार उक्त मूर्तिलाई कोशी नदीमा सेलाउन हजारौंको संख्यामा उपस्थित भएको हुनाले घुईचो लागेका हुन्।
परम्परागत रूपमा सप्तरी,सिरहा, सुनसरी एवं मोरङ जिल्लाका हरेक मूर्तिहरू सेलाउने थलोको रुपमा स्थापित कोशी ब्यारेज यतिबेला ब्यारेज क्षेत्रको बाटोहरू अतिक्रमण गरी बस्ती बसाएको कारण बाटो साँघुरो भएकाले यात्रीहरू एवं सवारी साधनलाई आवतजावत गर्न अफ्ठ्यारो भएको छ।

भगवान विश्वकर्मालाई प्रथम सृष्टिको रचयिता भगवान विष्णुको सातौं पुत्र मानिन्छ। सम्पूर्ण सृष्टिमाथि जीवनको सञ्चालनका लागि जे जति सृजनात्मक छ ,ती सबै भगवान विश्वकर्माको देन  हो। त्यसैले जगतको पहिलो शिल्पकार, वास्तुकार तथा इन्जिनियर भनिन्छ। उहाँलाई ज्ञान विज्ञान एवं समस्त संसारको निर्माणका स्वामी मानिन्छ र उहाँ शिल्पकलाको अग्रदूतको रुपमा पुजिनुहुन्छ।
हुन त विश्वकर्मा पञ्चमुख हो। उनको पाँचवटा अनुहार मुख छ। जो पूर्वपश्चिम उत्तर दक्षिण र ऋषिहरूको मन्त्रद्वारा उत्पन्न गरिएको छ। उनको नाम मन्नु ,मय, त्वष्टा, शिल्पी र देवज्ञ हो। ऋषिमुनि विश्वकर्मा यो सानग गोत्र, भएको मानिन्छ।।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी