• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

जनमत पार्टीका पाँच वरिष्ठ नेताहरू द्वारा राजीनामा

img

भूपदेव माली
असोज ०२, सप्तरी।जनमत पार्टीका पाँच वरिष्ठ नेताहरूले पार्टीबाट राजीनामा दिएका छन्।
मुलुकको परिस्थिति अनुरूप जनमत पार्टीका शीर्ष नेताहरू तथा पार्टी अध्यक्षले नेतृत्व परिवर्तन गर्नका लागि राजीनामा दिनुपर्ने माग राखी आवन आवेदन दिएकोमा शोकको विरोध डाक्टर सीके राउतले मेरो राजीनामा माग्नेहरुले स्वयंले राजीनामा दिए हुन्छ फेसबुक स्टेट लेखेपछि जनमत पार्टीका शीर्ष नेताहरूले राजिनामा दिएका हुन्।
राजीनामा दिनेहरूमा अब्दुल खान वरिष्ठ उपाध्यक्ष, डाक्टर शरदसिंह यादव केन्द्रीय प्रवक्ता , संजाय कुमार यादव केन्द्रीय सदस्य जनमत युवा सङ्घ, सीके सिंह केन्द्रीय सदस्य जनमत स्वास्थ्यकर्मी सङ्घ , राजाराम चौधरी प्रदेश इन्चार्ज सुदूरपश्चिम, विक्रम बहादुर बम राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय सदस्य रहेका छन्।
मुलुकका युवा पुस्ताका मागअनुसार डाक्टर सीके राउत,   जयकान्त राउत लगायतकाले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै गर्दा शोको प्रतिवाद गर्दै डाक्टर सी के राउतले मेरो राजीनामा माग्नेहरू स्वयं राजीनामा दिए हुन्छ भन्दै फेसबुकमा लेखेपछि उहाँहरुले संयुक्त रुपमा लिखित राजीनामा दिएका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी