• img
  • img
img img img
Categories
प्रदेश समाचार

जनमतबाट केन्द्रीय स्तरका ६ जनाकाे राजिनामा

img

कञ्चनरूप
जनमत पार्टीबाट ६ जना बाहिरिएका छन् । बरिष्ठ उपाध्यक्ष अब्दुल खान सहित ६ जनाले बिहिबार अध्यक्ष समक्ष लिखित पत्र बुझाई राजिनामा दिएका हुन् ।

राजिनामा दिनेमा केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयाेजक संजय कुमार यादव, जनमत स्वास्थ्यकर्मी केन्द्रीय संयाेजक सि.के. सिंह, सुदुर पश्चिम प्रदेश बरिष्ठ प्रदेश ईन्चार्ज राजाराम चाैधरी र राष्ट्रीय परिषद सदस्य तथा केन्द्रीय सदस्य बिक्रम बहादुर बमले संयुक्त रूपमा लिखित राजिनामा बुझाएका हुन् ।

उनिहरूले दिएकाे राजिनामा पत्रमा देशकाे विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरूप पार्टीकाे प्रमुख नेतृत्वलाई आत्मा आलोचना गरि नेतृत्व परिवर्तनका निम्ति अल्टिमेटम सहित हामीले माँग गरिएकाे राजिनामा पत्रलाई अपहेलना गरिएकाे खुलाएका छन् । साथ‌ै जेनजी पुस्ताले बगाएकाे रगतकाे अपमान गरी उल्टै नेता कार्यकर्तालाई अहङ्कारकाे भाषामा आफ्नो आधिकारीक फेेसबुक मार्फत धारणा सार्वजनिक गरीसकेपछि हाम्राे ध्यान केन्द्रीत भएकाे  उनिहरूले राजिनामा पत्रमा लेखेका छन् ।

त्यसैलाई आधारमानी आजैको मितिबाट साधारण सदस्य समेत नरहने गरी हामीले पार्टीबाट राजिनामा दिएका हाै भन्ने उनिहरूकाे संयुक्त हस्ताक्षर रहेकाे राजिनामा पत्रमा उल्लेख छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी