• img
  • img
img img img
Categories
समाचार

भारदहमा जसपा नेपाल द्वारा ‘नेपालको संविधान २०७२’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न

img

भूपदेव माली
असोज ३, सप्तरी। सप्तरीको भारदहमा जनता समाजवादी पार्टी नेपालद्वारा ‘नेपालको संविधान २०७२’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जसपा नेपाल जिल्ला कमिटीका अध्यक्ष केदार यादवको अध्यक्षतामा एवं पूर्व मधेस प्रदेशका अर्थमन्त्री एवं पार्टीका केन्द्रिय सचिव शैलेन्द्र साहको प्रमुख आतिथ्यमा इस्टर्न ज्योति स्कूलमा संविधान दिवसको अवसर पारेर अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो।
विशिष्ट अतिथिद्वय केन्द्रीय सदस्य शम्भु झा, अनिरुद्ध प्रसाद सिंह यादव सहित भएको कार्यक्रममा ‘नेपालको संविधान २०७२’ असोज ३ गते घोषणा भएको दिन मधेसी जनताका लागि कालो दिन भएको भन्दै उक्त संविधानलाई कालो पट्टी बाँधेर विरोधमा केन्द्रीत थियो।
कार्यक्रममा प्रमुख वक्ता शैलेन्द्र साहले-‘संविधान मधेसी जनताको भावना अनुरुप नभएको हुँदा यसलाई संशोधन गरी मधेसी, जनजाति,थारु समेतको भाषा,पहिरण, संस्कृति आदि पहिचान सहितको कदर गर्दै पूर्णता दिनु आवश्यक रहेको’ बताए।उनले मधेसी जनताको भूभागलाई खण्डित गरी अनेक प्रदेशमा बाडिएकोले मधेसी जनतालाई कम्जोर पार्दै मधेस माथि औपनिवेशिक शासन कायम राख्न बनाएको संविधान मधेसी जनताको भावना अनुरुप नभएको ‘ भन्दै :वर्तमान संघियता अधुरो हो, यसलाई संशोधन गर्नु ,पूनर्लेखन गर्नु आवश्यक भएको’ बताए। उनले  संघीय सरकार ७० देखि ७३ प्रतिशत बजेट चलाउने गरेको अवस्थामा कूल बजेटको ३ प्रतिशत मात्र मधेस प्रदेशले पाईरहेको अवस्थामा पनि यतिबेला प्रदेशलाई खारिज गर्ने षड्यन्त्र भइरहेको हुँदा हामी यसको विरोध गर्छौ , मधेस प्रदेश हाम्रो पहिचान हो र हामीलाई पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्म मधेस प्रदेश हुनुपर्नेमा जोड दिए।

यस्तैकेन्द्रीय सदस्य शम्भु झाले- ‘वर्तमान संविधानमा हाम्रो समस्त अधिकार नमेटेर बलजफ्ती हाम्रो कांधमा राखिएकोले नै हामी प्रत्येक वर्ष संविधान दिवस अवसरमा कालो पट्टी बाँधेर कालो दिन वा कालो दीवस मनाउने गरेको बताए।उनले २०७२ संविधानलाई जसपा नेपालले स्विकार गरेको छैन। यद्यपि संघीयता सहितको लोकतन्त्रलाई पार्टी तत्काल स्विकार गर्दै थप अधिकारको लडाई लड्दै अगाडि बढ्दै जाने संकल्प जसपा नेपालको रहेको बताए।

उनले यो संविधान सातौँ संविधान हो।यो संविधान २०७२ मा घोषणा हुदाँ केहीले दिपावली मनाए भने केही जनताले शोक मनाएका भन्दै  तत्कालीन अवस्थामा खसबादी नेताहरूले यो संविधानलाई संसारकै उत्कृष्ट संविधान बताएपनि वास्तवमा संविधानमा हरेक नेपाली जनताको भावना एवं अधिकारलाई समेट्न नसकेको कारण नै जेन जी आन्दोलन भएको छ र संविधान संशोधनका कुराहरु जोडदार रुपमा उठ्दै आएको भन्दै संविधानमा मात्र नभई राज्य चलाउने प्रकृया (सिस्टम) मै त्रुटि रहेको बताए।

जिल्ला सचिव निरज मुक्तिले मंच सञ्चालन गरिएको सो कार्यक्रममास्वागत मन्तव्य -लक्ष्मण यादवले राखेका थिए भने
निलेश झा, पूर्व जिल्ला सहसचिव,शिव नारायण महतो, वडाध्यक्ष वडा नं १ तिरहुत , अमरेन्द्र यादव , हेमन्त बहरखेर (मनोज) यादव, पूर्व अध्यक्ष तिरहुत गाउँपालिका, परशुराम यादव, प्रदेश कमिटी सल्लाहकार, छेदी सिपोलीया यादव , इशुभ अलि, प्रदेश कमिटी सदस्य,श्याम देश यादव, सदस्य संघीय परिषद,भरत महतो, केन्द्रीय सदस्य , शम्भु झा, केन्द्रीय सदस्य एवं प्रचारप्रसार संयोजक, अनिरुद्ध प्रसाद सिंह यादव, केन्द्रीय सदस्य, लगायतकाले मन्तव्य राखेका थिए।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी