• img
  • img
img img img
Categories
राष्ट्रीय स्वास्थ्य

समयमै उपचार गराएमा ९०% मिर्गौलालाई बचाउन सकिन्छ

img

न्युज 1नेपाल
असोज ४, सप्तरी। समयमै उपचार
गराएमा ९०% मिर्गौलालाई बचाउन सकिन्छ। वीर अस्पतालका युरो सर्जरी विभाग प्रमुख कन्सल्टयान्ट प्रा.डा. रबिन बहादुर बस्नेतको अनुसार समयमै मृगोला किडनी रोगको पहिचान गरे ९० प्रतिशत मिर्गोला बचाउन सकिन्छ। उनका अनुसार ५०० जनामा ४७० जनाको मृगौला समयमा नै उपचार गरेकोमा निको भएको एक अध्ययनले देखाएको छ ।उनका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५ सय जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मिर्गौला बिग्रिएको देखिएको छ । त्यसैगरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ ।

पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुल्लिँदा मिर्गौला बिग्रने गर्छ । यसरी एउटा मिर्गौला फुल्लिए पनि अर्को मिर्गौलाले काम गर्ने हुँदा बिरामीले मिर्गाैला फुल्लिएको थाहा पाउँदैनन्, जसले गर्दा अर्को मिर्गौला बिग्रने चिकित्सकहरुको भनाइ छ ।

जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको २० देखि ३० वर्षको बीचमा मिर्गौला बिग्रने प्राडा बस्नेतले बताए । संसारमा एकदेखि चार प्रतिशत मानिसको एउटा मात्र मिर्गौला हुने गर्छ ।

पानी कम खानाले, मधुमेहका बिरामी, मद्यपानका कारण मिर्गौला बिग्रने गर्छ । ‘पेनकिलर’ औषधि (आइबुप्रोफेन, निमेसुलाइड) आफूखुसी खाँदा पनि मिर्गाैला बिग्रन्छ ।

वीर अस्पतालमा मिर्गाैला बिग्रेका ५ सयमध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिए । अध्ययनअनुसार पुरुषको तुलनामा महिलाको बढी मिर्गौला बिग्रने समस्या देखिएको छ । उनका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ ।

उनले मिर्गाैला बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए । पानी दिनमा तीन लिटर पिउने, मोटोपन घटाउने, फलफूल प्रशस्त खाने, नियमित मिर्गौलाको जाँच गर्ने गर्नुपर्छ।

सम्भार कान्तिपुरबाट।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी