भूपदेव माली
असोज ६, सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नपा. अन्तर्गत पर्ने भारदबजार फोहर मैला एवं कुकुर मरेकाले दुर्घन्धित भएको छ।
दशैंको घटस्थापना भएको दिनसम्म पनि नगरपालिकाका फोहोर महिला संकलन गर्ने गाडी एवं कर्मचारीहरूले फोहोर महिला संकलन गर्न नआउँदा बजार दुर्गन्धित भएको हो।
भारदह बजारको नजिकै पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा पूजा गर्न टाढा टाढाका भक्तजनहरू आउने गरेकाले फोहोर व्यवस्थापन एवं मरेका कुकुरलाई नफाल्दा दुर्गन्धित महसुस गरेका छन् ।
नगरपालिकाले फोहर मैला ढुवानी गर्न कयौं गाडी तथा कैयौं कर्मचारीहरूलाई नियुक्त गरिए पनि मेयरका लापरवाहीले नगरका रकम खेर गइरहेको जनगुनासो छ।
‘भारदहबजार स्थित श्री कंकालिनी माविको अगाडि कुकुर मरेको चार दिन बितिसक्यो,तर नगरपालिकालाई फोन गर्दा पनि कर्मचारीहरू वास्तानै नगरी कुकुरलाई नफाल्दा दुर्गन्धले वरपर बस्न गाह्रो भएको’ स्थानीय खुगेन्द्र यादवले बताए।यता नगरपालिकाको फोहर व्यवस्थापन संयोजक इमामुद्दिन लाई फोन गर्दा ‘हाम्रो कर्मचारीहरु भारदह बजार क्षेत्रमा सरसफाई गरी आएको’ भन्ने प्रतिक्रिया दिए। यद्यपि बजारमा जत्ततत्र फोहोर मैला एवं मरेका कुकुर यथावतै छन् ।