• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नवरात्रिको शुभारम्भ,आज घटस्थापना

img

भूपदेव माली

असोज ६, सप्तरी। हिन्दु सनातनीहरूको महान चाड दशैंको शुभारम्भ सँगै आज घटस्थापना अनुष्ठान सम्पन्न भएको छ।

नौ दिनसम्म विधिवत हुने नवरात्र पर्वको आज पहिलो दिन घटस्थापना अनुष्ठान सम्पन्न भएको हो।

पूर्वी नेपालको प्रख्यात शक्तिपीठ सप्तरीको हनुमाननगर कंकालिनी नपा. वडा नं १ स्थित कंकालिनी भगवती मन्दिरमा आज बिहान ७:३० बजेको समयमा कलशस्थापन अनुष्ठान सम्पन्न गरिएको छ।

यस मन्दिरमा तान्त्रिक विधिबाट नवरात्र पूजा गरिने हुँदा नवमीका दिन राँगा बलि प्रदान गरिने परम्परा रहेको छ।मन्दिरमा आजदेखि नौ दिनसम्म विधिवत नवदुर्गा भगवतीको पूजाआजा सँगै ब्राह्मण पण्डित- पुरोहितहरूद्वारा सप्तशती पाठ गरिने परम्परा रहिआएको छ। मन्दिरमा दशैंको अवसरमा लाखौं भक्तजनहरू मन्दिरमा पूजा दर्शन गर्न उपस्थित हुने गर्दछ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी