भूपदेव माली
०८ असोज, राजबिराज । तराई मधेस महिला फाउण्डेशन नेपाल सप्तरीद्वारा देशको परिबर्तित अवस्थामा महिला अधिकार विषयक अन्तरक्रिया तथा बडादशै, दिपावली छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
संविधानमा सुनिश्चित अधिकारको संरक्षण गर्ने उद्देश्यले सो शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। बुधबार आयोजित कार्यक्रममा कार्यक्रममा सहभागी बक्ताहरुले मुलुकको परिवर्तित सङ्क्रमणकालीन अवस्थामा विभिन्न आन्दोलनबाट प्राप्त अधिकार सुनिश्चितताको लागि एकजुट हुनुको विकल्प नरहेको विषयमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले अधिकार संरक्षणका लागि हामीले एकजुट हुनैपर्छ भन्दै देशमा महिला सहितका उत्पीडित जाति समुदायको अधिकार प्राप्तिको आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा देखिएको आशंका गर्दै प्राप्त अधिकारको संरक्षणका लागि एकजुट हुनुको विकल्प नरहेको बताए । जेनजी आन्दोलनले देशलाई नयाँ मोडमा लगेको तथा यस्तो संक्रमणकालीन अवस्थाको फाइदा उठाएर परिबर्तन विरोधी शक्ति सक्रिय भएकोले आन्दोलनको बलमा प्राप्त अधिकारलाई उपयोग गर्दै अग्रगामी शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको उनीहरुको भनाइ थियो ।
वक्ताहरुले जेनजी आन्दोलनले देशलाई सकारात्मक दिशा दिएको भन्दै आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।
फाउण्डेशनकी अध्यक्ष सुनिता साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष धिरेन्द्र दास, मैथिली महिलाकी सल्लाहकार प्राध्यापक बन्दना मिश्र, इन्जिनियर सुर्य नारायण यादव, प्रेस स्वतन्त्रता सेनानी देवराम यादव,प्रेस मञ्चका केन्द्रीय सदस्य बृजमान तामाङ लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे।
यसैगरी नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु कुमार यादव, मैथिली महिला परिषद सप्तरीकी सचीव रिता देव, समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष अनुराधादेवी साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्थानीय युवा अभियन्ता बैजु साहद्वारा संचालित कार्यक्रममा स्वागत फाउन्डेसनकी सदस्य पुष्पा स्वर्णकारले गरिन ।