• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

२०४२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको विषयमा बैठक सम्पन्न

img

भूपदेव माली
असोज ८, सप्तरी।२०४२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीको विषयमा मङ्गलबार छलफल भएको छ।
फागुन २१ गते हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रुपमा सम्पन्न गर्ने विषयमा सो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो।
छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयोग रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटि समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने राजनीतिक दल लगायत सरोकारवालाहरूसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गर्दै निर्वाचनमा नेपाल सरकार राजनीतिक दल नागरिक समाज एवं सञ्चारजगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंह, मुख्य सचिव एकनारायण अर्याल लगायत सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव महादेव पन्त लगायतको उपस्थिति रहेको थियो।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी