पूर्वी नेपालको चर्चित शक्ति पीठ कंकालिनी भगवती मन्दिरमा श्रीकंकालनी भगवती मन्दिर विकास समितिको साधारण सभा विहिबार सम्पन्न गरिएको छ। घटस्थापनाको चौथो दिन साधारण सभा गर्नुको उद्देश्य के होला भन्ने जनगुनासो व्याप्त रहेको छ। खासमा यसबेला पूजा कसरी सम्पन्न गर्ने विषयमा छलफल हुने समयमा समितिले आफ्ना कमीकमजोरीहरूलाई ढाकछोप गर्न यो साधारण सभा यसबेला गरिएको चर्चा व्यापक छ। किनभने यसबेला मन्दिर मा लाखौं भक्तजनहरुले पूजा आराधना एवं बलि प्रदान गर्न आउने भएकाले मन्दिरमा आउने भक्तजनहरूलाई सेवा सुविधा दिने तिर सम्पूर्ण सदस्यहरूको ध्यान केन्द्रित भएकोले विरोध गर्नुभन्दा पनि पूजा कसरी सम्पन्न गर्नेमा बढी जोड दिने गरेको हुन्छ।
हुन त साधारण सभा हुने सभा हलमा यसको व्यापक विरोध पनि भएको हो। समितिले मनमानी ढंगले कोठा भाडाहरु असुल गर्ने योजनाको विषयमा,भद्रगोल पाराले संरचनाहरु निर्माण गरिएको विषयमा र भक्तजनहरुलाई सुविधा सुविधा प्रदान गर्ने स्थानमा भक्तजनसँग कर जस्तै रकम असुल गर्ने विषयमा व्यापक विरोध भएको छ। कार्यक्रममा विरोध गर्ने व्यक्तिहरूलाई एवं पत्रकारहरूलाई पनि आमन्त्रित गरिएको थिएन।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह स्थित यस मन्दिरमा दशैंको बेला लाखौंको सङ्ख्यामा भक्तजनहरू आउने गर्छन् भन्ने ६००/ ७०० संख्यामा जति रांगा बलि प्रदान एवं हजारौँको सङ्ख्यामा खसीबोका बलिप्रधान हुने गर्दछ। यसरी नै मेला भर्न टाढा टाढाका व्यापारीहरूले आउने गर्छन्। तर यसपल्ट पसल थाप्न समितिले कुनै व्यवस्था नगरिएकोले व्यापारीहरू पनि सास्ती भोग्नुपरेको अवस्था छ। यस अर्थमा मन्दिरको विकास एवं व्यवस्थापन हुनुभन्दा पनि धरातलतिर गइरहेको स्थानीयहरूले बताउंछन्।
‘धेरै बुझ्नेले पनि अर्कासँग सरसल्लाह लिने गरेको’ भनाइलाई मानेर पनि संरचना निर्माण तथा व्यवस्थापन सम्बन्धी सल्लाह लिनुपर्दथ्यो। यसरी मनमानी ढंगले कार्य गर्यो भने मन्दिरको विकास एवं व्यवस्थापन हुनुभन्दा पनि कमजोर हुँदै जाने सम्भावनालाई ध्यान दिनु आवश्यक छ।