• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अग्निसाइरका हप्तौं देखि सम्पूर्ण काम टप्प, सम्बन्धित निकाय मौन

img

भूपदेव माली
कार्तिक २५ गते, सप्तरी।
सप्तरीको अग्नीसाइर कृष्णसारन गाउँपालिकाका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयसहितका सम्पूर्ण कार्यालयहरु एकहप्तादेखि ठप्प रहेपनि सरोकावाला निकाय बेखबर झैँ मौन छन्। तलवभत्ता माग गर्दै शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी आन्दोलनको रूपमा धर्नामा बसेपछि पठनपाठन तथा स्वास्थ्य सेवा समेत ठप्प भएको हो ।
शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी कार्य क्षेत्र छोडेर गाउँपालिका अगाडि धर्नामा बसेपछि गाउँपालिका मातहत कार्यालयहरूबाट दिइने सेवा सुविधा पूर्ण रूपले प्रभावित भएकोले पालिकाका जनताले सास्ती भोग्नुपरेको छ ।
उनीहरू तलवभत्ताका लागि आन्दोलन परिचालन समितिको नेतृत्वमा मंगलबार देखि निरन्तर गाउँपालिका अगाडि धर्ना बसेका छन्। संघर्ष समितिका संयोजक दुखन यादवको नेतृत्वमा शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीहरु गाउँपालिका अगाडि त्रीपाल टाँगेर धर्ना बसेका छन् । स्थानीयको भनाइ अनुसार शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछी गाउँपालिका मातहतका विद्यालय, स्वास्थ्य संस्थासहित सम्पुर्ण कार्यालय ठप्प छन्।
संघर्ष समितिका संयोजक यादवले पटकपटक गाउँपालिकाले धोका दिएकोले कर्मचारीको खातामा तलब भत्ता नआएसम्म आन्दोलन नरोक्ने बताए ।
पालिकाको समस्या समाधानमा अध्यक्षले चासो नदिएपछि असोज ५ गते अध्यक्षले दिएको राजीनामा स्वीकृत गरी उपाध्यक्ष कल्पना कुमारी चौधरीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।
कार्यबाहक अध्यक्ष चौधरीले कर्मचारीहरुको समस्या समाधानमा आफू गम्भीर भएको बताएकी छन्। प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र कुमार यादवसहित आन्दोलनरत शिक्षक कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई भेटेर उनले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलन स्थगित गरी कामकाजमा फर्कन आग्रह गरिन्।
बिहीबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत यादवले १० दिन भित्र सबै माग सम्बोधन गर्ने आश्वासन दिँदै आन्दोलनरत पक्षलाई आन्दोलन स्थगित गर्न आग्रह गरे ।
यस अघि संघर्ष समितिले सोमबार प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार चौधरीलाई ज्ञापनपत्र बुझाउँदै अविलम्व तलवभत्ता उपलब्ध गराउन माग गरेका थिए ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधारीले तलवभत्ता उपलब्ध गराउने भनि प्रतिबद्धता जनाएपनि धोका दिएकोले कार्तिक १८ गतेदेखि गाउँपालिकासहित मातहत सम्पूर्ण कार्यालयहरु, विद्यालय, स्वास्थ्य संस्थाबाट दिइने सेवा सुविधा अनिश्चितकालिन बन्द गरी गाउँपालिका कार्यालय अगाडि हस्ताक्षर संकलन गरी धर्ना बस्ने ज्ञापनपत्रमा चेतावानी दिइएको छ।
यसअघि असोज ९ गते गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयमा गरिएको तालाबन्दी गाउँपालिका अध्यक्ष चौधारीले कार्तिक १५ भित्र उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि कार्तिक ०२ गते ताला खोलिएको भएपनि अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउँदा तलवभत्ता पाउने सुनिश्चितता नभएको ज्ञापनपत्रमा उल्लेख छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी