• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

ठुलाे मात्रामा गाँजा र ट्रक पक्राउ

img

भूपदेव माली
मंसिर ५ गते , सप्तरी।प्रहरीको संयुक्त टोलीले सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियामा एक टन वरावर अवैध लागुऔषध (गाँजा) सहित ट्रक र चालकलाई पक्राउ गरेको छ । सडकमा प्रहरीले चेकजाँच गर्दा ना ५ ख ५३५ नम्बरको ट्रकबाट फल्सबटम बनाइ लुकाइ–छिपाइ ल्याउँदै गरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएका छन् ।

विहिबार राति करिब साढे १० बजेकाे समयमा प्रहरी टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा उक्त ट्रक चेकजाँच गर्दा २८ वटा सेतो बोरा, प्लास्टिकले प्याक गरिएको अवस्थामा ९ सय ८९ केजी गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए । बाेरा तथा प्याकिङ्ग हटाएर ९ सय ७८ केजी गाँजाकाे ताैल रहेकाे छ ।
उनकाे अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्र.ना.उ. डम्बर बहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्र.ना.उ. माधव प्रसाद काफ्लेको संयुक्त कमाण्डमा खटिएको टोलीले गाँजा, ट्रक र चालक सुनसरी, धरान–१३ का २५ वर्षीय संजय श्रेष्ठलाई समेत नियन्त्रणमा लिएकाे हाे । ट्रक र गाँजा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ।
यता इप्रका कंचनपुरका डीएसपी माधव प्रसाद काफ्लेकाे अनुसार पक्राउले अरू थप लागूऔषध संचालनको ठूलो तस्करी शृंखला पत्ता लाग्न सक्ने छ र थप अनुसंधान भइरहेकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी