• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

+ जसपा नेपाल द्वारा सरकारलाई ८ बुन्दे माग सहित ज्ञापनपत्र

img

न्युज1नेपाल
मंसिर १० गते, सप्तरी।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले संविधान संशोधनलगायत विभिन्न २८ बुँदे माग राखी जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी सप्तरीले प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा बुधबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री कार्कीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारलाई बुझाएको ज्ञापनपत्रमा मधेस विद्रोहको भावना अनुसार संविधान संशोधन, जेनजी विद्रोहका एजेन्डा, कोशी प्रदेश खारेजी र पहिचानको आधारमा नामाङ्ग्कन गर्नुपर्ने लगायतका २८ बुँदे माग राखिएको छ ।
आफ्ना न्यायसङ्गत मागहरू सम्बोधन गर्न जोडदार माग गरिएको ज्ञापनपत्रमा शान्तिपुर्ण संघर्षका कार्यक्रमबाट माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । ।ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले तुरुन्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार पठाउने प्रतिबद्धता व्यक्त गरे ।
पूर्व निर्धारित संघर्षका कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विभिन्न माग राखिएको २८ बुँदे ज्ञापनपत्र बुझाएको जसपा नेपाल सप्तरीका उपाध्यक्ष लक्ष्मण यादवले बताए ।
जिल्ला समितिको नेतृत्वमा जसपा नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष जगदेव यादव, केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सभा सदस्य किरण कुमारी साह,केन्द्रीय सदस्य एवम् मधेस प्रदेशकी पूर्व उपसभामुख उपमा देव,केन्द्रीय सदस्य शैलेश कुमार चौधरी, उमेश कुमार यादव, पुनम कुमारी यादव, रमिला देवी साह, गितादेवी यादव, मधेस प्रदेशका निबर्तमान मुख्यसचिव दिनेश कुमार यादव, सदस्य किशोर कुमार केसी, कौशेन्द्र यादव, विनोद कुमार यादव, कोष तथा लेखा समिति अध्यक्ष अमृत साँफी, जिल्ला उपाध्यक्ष लक्ष्मण यादव सहित केन्द्रिय, प्रदेश तथा जिल्ला पदाधिकारीसहित विभिन्न भातृ संगठनका केन्द्र , प्रदेश, जिल्ला पदाधिकारीहरुको उपस्थिति थियो ।
यसअघि जसपा नेपालले सरकारमा दबाब बढाउन देशव्यापी चरणबद्व संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।संघर्षका कार्यक्रम अनुसार चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना र जनसभाहरू सञ्चालन गरिने जसपा नेपाल सप्तरीले जनाएको छ।
पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने,मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान हुनेछ।
यसैगरी मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम छ।मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला-स्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्नेछ।
यस्तै प्रदेश-स्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ नेपालगन्ज/भैरहवामा गर्ने तय भएको जसपा नेपालद्वारा सार्वजनिक गरेको संघर्षका कार्यक्रममा उल्लेख गरिएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी