भूपदेव माली
मंसिर ११ , सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नं १ भारदह स्थित कंकालिनी भगवती मन्दिरमा आगलागी सम्बन्धी तालिम सहित जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ।
खडेरीको मौसममा मधेसमा हुने आगलागी र मधेसी गृहणी महिलाहरुले गैस चुलो बाल्दा हुने आगलागी नियन्त्रण सम्बन्धी तालिम सहित जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो।
सशस्त्र प्रहरी बल वेश क्याम्प भारदहको आयोजनामा सम्पन्न कार्यक्रममा वेश क्याम्प भारदहका स.प्र.ना.उ.विकाश अधिकारी, सशस्त्र जवानहरू, ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नि. गोविन्द घिसिङ,प्र.स.नि. पवन कुमार सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझी, वडा नं १ का वडाध्यक्ष सुरेन्द्र मण्डल, नगरका कर्मचारीहरु, कंकालिनी भगवती मन्दिरका कर्मचारीहरु, ब्यापारीहरु लगायतका सहभागिता रहेको थियो। कार्यक्रममा गैस चुलो,सेलेन्डर आदि को प्रयोग गरि सो बाट आगजनी गरेर सो आगोलाई नियन्त्रणमा लिने अनेकौं प्रकृयाहरू प्रयोग गरेर देखाएको थियो।