• img
  • img
img img img
Categories
प्रदेश समाचार

विवाहको प्रलोभनमा एक बालिका बलात्कृत

img

भूपदेव माली
११ मंसिर, सप्तरी। विहा गर्छु भनेर लगभग एक वर्षदेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ , रम्पुरा बस्ने फेकु मुखियाको छोरा वर्ष २१ का परमेश्वर कुमार मुखियाले मलाई करणी गर्दै आएको एक पिडिताले आरोप लगाएकी छन्।
बिहीबार पत्रकारको सामु छिमेकमै बस्ने (परिवर्तित नाम ) सोहन मुखियाकि १५ वर्षीय छोरी (नाम परिवर्तित) सबिता कुमारी मुखियालाई लगभग एक वर्षदेखि बिहा गर्छु भनेर यौन सम्बन्ध गर्दै भगाएर झापामा समेत राखेर करणी गरेको आरोप लगाएकी हुन्।
उनले गाउँघरमा पनि यौन सम्पर्क गर्दै गरेको र पछि मंसिर ६ गते सनिवारका दिन ‘हामी विहा गर्छौ, तिमी झापाको विर्तामोड आउ! भनेर बिर्तामोड बोलाएर भाडाको कोठामा रातमा दुईपल्ट र बिहान एकपल्ट करणी गरेको कुरा खुलासा गरिन्। भोलिपल्ट १२ बजेतिर बिहा अहिले गर्न सक्दिन जाउँ फर्केर भन्दै सप्तरीको भारदह बजारमा ल्याएर मलाई रु.५०० रुपैयाँ दिई अलपत्र छाडि आफू बिर्तामोड फर्केको बताइन्। भारदहबाट सिटी रिक्सामा टिकुलिया घर भएको दिदी कहाँ पुगेर एक घण्टा बसेपछि आफ्नो घर पुगेकी पीडिता मुखियाले बताइन्।
हाम्रो प्रेम सम्बन्ध एकवर्ष अघिदेखि रहि आएको छरछिमेकका धेरैजनालाई थाहा समेत रहेको उनले बताउँदै यतिबेला परमेश्वर कुमार मुखियाको बाउआमाले बिहा गर्न अस्वीकार गरेकोले आफू जिल्ला प्रहरी कार्यालय राजबिराजमा निवेदन समेत दिएको बताइन्।
यता छरछिमेकका केही महिलाहरुले हामीले परमेश्वर र (नाम परिवर्तित) सविता संग भिडियो कल द्वारा कुराकानी समेत गर्दै गरेको पुष्टि गरेकी छन् भने पीडितताकी बुबा (नाम परिवर्तित) सोहन मुखियाले छोरीको जिन्दगी बिगार्ने कार्य गर्यो भने केटोको विरुद्ध मुद्दामा जाने बताए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी